नेपालगन्ज नर्सिङ क्याम्पसमा संयुक्त प्यानलको अध्यक्ष सोनीको नेतृत्वमा उम्मेदवारी दर्ता 

  ।   २०७९ फाल्गुन २८, आईतवार २३:४४

नेपालगन्ज । स्ववियू नर्विाचन नजिकिदै गर्दा संयुक्त प्यानलले नेपालगन्ज नर्सिङ क्याम्पसमा आप्mनो उम्मेद्वारी दर्ता गराएको छ । नेपाली कांग्रेस निकट नेपाल विध्यार्थी संघ, नेपाल कम्युनिस्ट पाटी (माओबादी केन्द्र) निकट अखिल क्रन्तिकारी र नेकपा समाजबादी (माधव नेपाल) निकट अनेरास्ववियूको संयुक्त प्यानलले आप्mनो उम्मेद्वारी दर्ता गराएको हो ।

संयुक्त प्यानलले अखिल क्रान्तिकारीका दिपिका सोनी अध्यक्ष, अनेरास्ववियूका नेहा थापा सचिव र ने.वि. संघका रेलुसा खत्री कोषाध्यक्षमा उम्मेद्वारी दर्ता गराएको छ । सदस्यमा अपेक्षा श्रेष्ठ (अनेरास्ववियू), रस्मी अधिकारी (क्रान्तिकारी) र योजना छिनाल (नेविसंघ)को नाम दर्ता गरिएको विध्यार्थी नेता अखिल क्रान्तिकारीका केन्द्रिय सचिव तथा लुम्बिनी प्रदेश सह इन्चार्ज तुल्सीमनि केसीले बताउनु भयो । त्यस्तै समानुपतिक सदस्य तर्फ (ने.वि.संघ) का अनुस्का श्रेष्ठ र पुनम (अनेरास्ववियू) का विशाखा गैरे र अन्चली सुनार र (अखिल क्रान्किारी) का दुर्गा गन्दर्वलाई सदस्यमा नाम दर्ता गराईएको छ ।

नेपालगन्ज नर्सिङ क्याम्पसमा संयुक्त प्यानलले सजिलैसंग जित्ने विध्यार्थी नेता केसीले गुडन्युज खवरलाई बताउनु भयो । चुनावी प्रचारप्रसार पनि तिव्र पारिएको स्रोतले जनाएको छ ।

Next Post

दैलेख सदरमुकाममा निर्माणाधीन अवस्थामा रहेको बसपार्कको फोटो फिचर.

२०७९ फाल्गुन २८, आईतवार २३:४४
दैलेख । निर्माणाधीन अवस्थामा रहेको बसपार्कको फोटो फिचर दैलेख गुरासेमा अत्याधुनिक होटल

सम्बन्धित समाचार