दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग क्रिकेटको क्वालिफायरमा प्रवेश

  ।   २०७७ कार्तिक १८, मंगलवार ०७:१५


नेपालगन्ज । दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको क्वालिफायरमा प्रवेश गरेको छ ।

यूएईको शेख जायद स्टेडियममा राति भएको खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरलाई ६ विकेटले पराजित गर्दै दिल्ली क्वालिफायरमा पुगेको हो ।

बेङ्ग्लोरले दिएको १ सय ५३ रनको लक्ष्य दिल्लीले १९ ओभरमा मात्र ४ विकेट गुमाएर पूरा गरेको थियो । टस हारेर पहिले ब्याटिङ गरेको बेङ्ग्लोरले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५२ रन बनाएको थियो ।

जितसँगै दिल्लीले १४ खेलमा १६ अंक जोडेको छ । दिल्ली अंक तालिकाको दोस्रो स्थानमा रहदै क्वालिफायरमा पुगेको हो । दिल्लीले अब पहिलो क्वालिफायरमा शीर्ष स्थानमा रहदै प्ले अफ पुगेको मुम्बई इण्डियन्ससँग खेल्नेछ ।

पहिलो क्वालिफायरको विजेता फाइनलमा पुग्नेछ । पराजित हुने टिमले दोस्रो क्वालिफायर खेल्नेछ । दिल्लीसँग पराजित बेङ्ग्लोर पनि प्ले अफमा पुगेको छ ।

चौंथो स्थानको कोलकता नाइट राइडर्स भन्दा नेट रन रेटले अघि रहेपछि बेङ्ग्लोरले प्ले अफमा स्थान बनाएको हो । बेङ्ग्लोरले १४ खेलमा १४ अंक जोडेको छ । अब बेङ्ग्लोरले दोस्रो क्वालिफायरमा कोलकाता र सनराइजर्स हैदराबादमध्ये एक टिमसँग खेल्नेछ । क्वालिफायरमा पुग्ने अन्तिम टिमको टुंगो लिग चरणको अन्तिम खेलले तय हुनेछ ।

लिग चरणको अन्तिम खेलमा मुम्बई र हैदराबादबीच खेल हुनेछ । मुम्बईले जित निकालेमा कोलकाता प्ले अफ पुग्नेछ । हैदराबादले जित निकालेमा कोलकता प्ले अफबाट बाहिरिनेछ ।

Next Post

नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो

२०७७ कार्तिक १८, मंगलवार ०७:१५
काठमाण्डौ । नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट २० जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको कुल सङ्ख्या एक हजार चार पुगेको हो । यस्तै पछिल्लो २४ घण्टामा तीन हजार एक सय १४ जना नयाँ कोरोना सङ्क्रमित […]

सम्बन्धित समाचार