बाँकेमा एकैदिन ७३ जनामा कोरोना संक्रमण

  ।   २०७७ भाद्र १०, बुधबार १५:५९

नेपालगन्ज । बाँकेमा एकैदिन ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार मात्रै कोहलपुरमा ५१ जना र नेपालगन्जमा २२ जनामा कोरोना पुष्टि भएको छ ।

मध्यपश्चिम तालिम शिक्षालय कौशिल्या ब्यारेकका तालिमरत ५१ सेनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।

मंगलबार ब्यारेकमा सय जनाको स्वाब लिइएकोमा ५१ जनामा कोरोना संक्रमण देखिएको हो ।कोहलपुरमा हालसम्मकै सबैभन्दा धेरै संक्रमित फेला परेका हुन् ।

योसँगै बाँकेमा ९१६ जना कोरोना संक्रमित देखिएका छन् । बाँकेमा बुधबारसम्म ६६० जना कोरोना संक्रमित डिस्चार्ज भइसकेका छन् । बाँकेमा पाँच जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

देशभर ८८५ कोरोना संक्रमित थपिए, ३८५ जना डिस्चार्ज

२०७७ भाद्र १०, बुधबार १५:५९
नेपालगन्ज । नोभेल कोरोना भाइरसका ८८५ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ८८५ संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा देशभरका विभिन्‍न अस्पतालबाट ३८५ जना डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म १९ हजार ५०४ जना डिस्चार्ज भएका छन् । हालसम्म […]