देशभर ८८५ कोरोना संक्रमित थपिए, ३८५ जना डिस्चार्ज

१४ जना भेन्टिलेरमा र १५१ जनाको आईसीयूमा राखेर उपचार हुँदै

  ।   २०७७ भाद्र १०, बुधबार १६:३२

नेपालगन्ज । नोभेल कोरोना भाइरसका ८८५ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ८८५ संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा देशभरका विभिन्‍न अस्पतालबाट ३८५ जना डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म १९ हजार ५०४ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ५६ दशमलव ६ प्रतिशत रहेको छ ।

आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ७३९ रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका ३९ प्रयोगशालाबाट १३ हजार २५३ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म जम्मा ६ लाख ३५ हजार ५२ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसन ८ हजार ७११ जना र होम आइसोलेसनमा ६ हजार २८ रहेका छन् । आजसम्म देशभर ९ हजार ८३२ जना क्‍वारेन्टिनमा रहेका छन् ।

बागमती प्रदेशमा १३ जना र प्रदेश १ मा एकजना भेन्टिलेटरमा रहेका छन् । देशभर १५१ जना आईसीयूमा रहेका छन् । जसमा सबैभन्दा बढी बागमती प्रदेशका ६० जना रहेका छन् ।

पाँच सयभन्दा बढी संक्रमित रहेका जिल्ला सात रहेका छन् । मोरङ, पर्सा, रौतहट, महोत्तरी, सर्लाही, बारा र काठमाडौं रहेका छन् । मुस्ताङ र हुम्लामा कोरोना भाइरसको संक्रमण शून्य रहेको छ।

हालसम्म देशभर कोरोना भाइरस संक्रमितको संख्या ३३ हजार ४१८ पुगेको छ ।

शनिबार देशभर ११ हजार ५१९ जनाको पीसीआर परीक्षणका क्रममा ६३४ जनामा कोरोना संक्रमण देखिएको थियो । त्यसैगरी यस अवधिमा १३६ जना डिस्चार्ज भएका थिए भने ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।

आइतबार गरिएको ८ हजार २६ पीसीआर परीक्षणमा ८३८ जनाको रिपोर्ट पोजेटिभ आएको थियो भने २८१ जना संक्रमणमुक्त भएका थिए । आइतबार कोरोना संक्रमणबाट तीनजनाको मृत्यु भएको पुष्टि गरिएको थियो ।

सोमबार गरिएको १० हजार २३४ जनाको पीसीआर परीक्षणका क्रममा ७४३ जनाको कोरोना पोजेटिभ देखिएको थियो भने १७५ जना डिस्चार्ज भएका छन् । सोमबार ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि गरिएको थियो ।

मंगलबार देशभरका ३९ प्रयोगशालामा भएको ११ हजार ३२७ पीसीआर परीक्षणका क्रममा ८५५ जनाको पीसीआर पोजेटिभ आएको थियो । मंगलबार कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको पुष्टि भएको थियो । त्यसैगरी ३१३ जना डिस्चार्ज भएका थिए । बाह्रखरी

Next Post

कुनै पनि राजनीतिक नियुक्तिमा आफ्नो अवाञ्छित चासो वा हस्तक्षेप नभएको उपप्रधानमन्त्रीको स्पष्टोक्ति

२०७७ भाद्र १०, बुधबार १६:३२
नेपालगन्ज । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले कुनै पनि राजनीतिक नियुक्तिमा आफ्नो अवाञ्छित चासो वा हस्तक्षेप नभएको स्पष्ट गर्नुभएको छ । उहाँले बुधबार विज्ञप्ति जारी गरी आफ्नो परिवारका कुनै सदस्य वा कुनै नाता सम्बन्धमा रहेका व्यक्तिद्वारा पद वा सम्बन्धको दुरूपयोग गरी विद्यमान कानूनी व्यवस्थालाई उल्लंघन गरेर नभएको जनाउनुभएको हो । […]

सम्बन्धित समाचार