भोलीदेखी देशभर मौसम बद्ली भई चिसो थप बढ्ने तीन दिने मौसमी विश्लेषण

  ।   २०७८ पुष ११, आईतवार १८:५९

संवाददाता, नेपालगंज ।

भोली (पुष १२ गते) देशका पाहाडी तथा हिमाली भूभागहरुमा सामान्य देखी पूर्णतया बद्ली र तराईका भूभागहरुमा आंशिक देखी केही स्थानहरुमा हल्का बर्षा तथा उच्च पाहाडी तथा हिमाली भूभागहरुमा हल्का हिमपातको संम्भावना रहेको छ ।

यसैगरी मंगलबार र बुधबार सोही मौसम प्रणाली देशभर फैलिई सामान्य देखी पूर्णतया बद्ली रही धेरै स्थानहरुमा हल्का देखी मध्यम बर्षा र उच्च पाहाडी तथा हिमाली भूभागहरुका धेरै स्थानहरुमा हल्का देखी मध्यम हिमपातको संम्भावना रहेको मौसम पूर्वानुमान महाशाखा द्धारा जारी सूचनामा उल्लेख छ ।

सो प्रणाली बिहीबार देखी भने क्रमिक रुपमा कमजोर बन्दै जानेछ ।

यस खालको मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई, यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवाश्यक सर्तकता अपनाउनु हुन सबैमा अनुरोध गरिएको छ ।

 

Next Post

ब्यवस्थापन संकायको नयाँ पाठ्यक्रम सम्बन्धि अभिमुखिकरण शुरु

२०७८ पुष ११, आईतवार १८:५९
संवाददाता, नेपालगंज। त्रिभुवन विश्व विद्यालय ब्यवस्थापन संकायको आयोजनामा आज देखी नेपागंजमा बीबीएस (Bachelor of Business Studies) कार्यक्रमको नयाँ पाठ्यक्रम सम्बन्धि अभिमुखिकरण कार्यक्रम शुरु भएको छ । अभिमुखिकरण कार्यक्रममा एमबीएस, बीबीएस, बीबीए, बीपीए कार्यक्रमका बिषय शिक्षक, लेखा, क्याम्पस प्रमुख लगायतको सहभागीता रहेको छ । बीबीएस कार्यक्रमको नयाँ पाठ्यक्रम सम्बन्धि अभिमुखिकरण १२ […]