संवाददाता ।
नेपाल आयल निगमले लगातार इन्धनको मूल्य वृद्धि गरेकोप्रति विपक्षी दलका विद्यार्थी संगठनले आपत्ति जनाएका छन । आज निगमका महाप्रबन्धकलाई ज्ञापनपत्र बुझाउँदै पाँच विद्यार्थी संगठनले इन्धनको मूल्य वृद्धि गरेकोप्रति आपत्ति जनाएका हुन ।
कोरोना महामारी र लामो समयदेखिको बन्दाबन्दीका कारण आम उपभोक्ताको जीवन कष्टकर बन्दै गएको अवस्थामा भएको मूल्य वृद्धिप्रति विद्यार्थी संगठनले आपत्ति जनाएका हुन ।
निगमले अत्यावश्यकीय उपभोग्य वस्तुमा मूल्यवृद्धि गर्नु आपत्तिजनक भएको उनीहरुको ठहर छ ।
विपक्षी विद्यार्थी संगठनले बढेको मूल्य तत्काल खारेज गर्नुपर्नेसहित विभिन्न सात बुँदे मागसहितको ध्यानाकर्षणपत्र निगमका महाप्रबन्धकलाई बुझाएका हुन ।
पत्रमा जनतालाई राहत र सहुलियतको जरुरत रहेको अवस्थामा मूल्यवृद्धि घोर जनविरोधी र घातक रहेको उल्लेख गरिएको छ ।
अन्नपुर्णपोष्टबाट