विश्वकप छनोट खेलमा अर्जेन्टिनाले पेरु र ब्राजिलले उरुग्वेलाई हरायो

  ।   २०७७ मंसिर ४, बिहीबार ०६:५९


एजेन्सी । सन् २०२२ मा कतारमा हुने विश्वकपका लागि दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले पेरुलाई २–० गोलले हराएको छ ।

पेरुमा भएको खेलमा अर्जेन्टिनाले पहिलो हाफमै २ गोल गरेको हो । अर्जेन्टिनाका निकोलास गोन्जालेसले खेलको १७ औं मिनेटमा र लाउटरो मार्टिनेजले २८ औं मिनेटमा गोल गरे । जितपछि अर्जेन्टिना ४ खेलमा १० अंकसहित तालिकाको दोस्रो स्थानमा छ । पेरु १ अंक सहित नवौं स्थानमा छ ।

त्यस्तै अपराजित ब्राजिलले उरुग्वेलाई २(० गोलले हराएको छ । ब्राजिलले पनि पहिलो हाफमै २ गोल गरेको थियो । ३४ औं मिनेटमा आर्थर र ४५ औं मिनेटमा रिचर्डलिसनले गोल गरेका हुन् ।

Next Post

स्नातक तहको परीक्षा तालिका सार्वजनिक, शैक्षिक सत्र खेर नजाने

२०७७ मंसिर ४, बिहीबार ०६:५९
काठमाण्डौ । त्रिभुवन विश्वविद्यालयले स्नातक तहको शैक्षिक सत्र खेर नजाने गरी परीक्षा तालिका सार्वजनिक गरेको छ । गएको वैशाखमै हुनुपर्ने परीक्षा कोरोना भाइरसको कारण स्थगित भएको थियो । स्थगित परीक्षा मंसिर २८ गतेदेखि सुरु गर्ने गरी नयाँ तालिका सार्वजनिक भएको हो । वार्षिक प्रणाली अन्तर्गत स्नातक तह चौथो वर्षमा अध्ययन […]

सम्बन्धित समाचार