स्नातक तहको परीक्षा तालिका सार्वजनिक, शैक्षिक सत्र खेर नजाने

  ।   २०७७ मंसिर ४, बिहीबार ०७:३५

काठमाण्डौ । त्रिभुवन विश्वविद्यालयले स्नातक तहको शैक्षिक सत्र खेर नजाने गरी परीक्षा तालिका सार्वजनिक गरेको छ । गएको वैशाखमै हुनुपर्ने परीक्षा कोरोना भाइरसको कारण स्थगित भएको थियो ।

स्थगित परीक्षा मंसिर २८ गतेदेखि सुरु गर्ने गरी नयाँ तालिका सार्वजनिक भएको हो । वार्षिक प्रणाली अन्तर्गत स्नातक तह चौथो वर्षमा अध्ययन गर्ने विद्यार्थीको शैक्षिक सत्र खेर नजाने गरी परीक्षा लिने र नतिजा प्रकाशन गर्ने विश्वविद्यालयको तयारी छ । विश्वविद्यालयले व्यवस्थापन, शिक्षाशास्त्र सङ्काय र विज्ञान अध्ययन संस्थान अन्तर्गत स्नातक तह चौथो वर्षको परीक्षा तालिका सार्वजनिक गरेको हो ।

चैतअघि नै नतिजा निकाल्ने र पास हुने विद्यार्थी स्नातकोत्तर तहमा भर्ना हुन पाउने विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयले कोरोना सङ्क्रमित विद्यार्थीको परीक्षा अरु विद्यार्थीको तुलनामा १५ मिनेटपछि सुरु गर्ने र अरु विद्यार्थीको परीक्षा सकिएको १५ मिनेटपछि सक्नेगरी तयारी गरेको छ । त्रिभुवन विश्वविद्यालयको स्नातक तहमा एक लाखभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

परीक्षा तालिका हेर्न यहाँ क्लिक गर्नुहोस् ।

Next Post

कोरोनाबाट निको हुने दर बढ्यो, मनाङबाहेक सबै जिल्लामा सङ्क्रमण

२०७७ मंसिर ४, बिहीबार ०७:३५
तस्बिर स्रोत : स्वास्थ्य मन्त्रालय काठमाण्डौ । कोरोनाबाट निको हुनेको संख्या बढेको छ । स्वास्थ्य मन्त्रालयकाअनुसार अहिलेसम्म एक लाख ८२ हजार ७८० जना सङ्क्रमित निको भएका छन् । निको हुने प्रतिशत ८५ दशमलव ८ पुगेको छ । तिहारमा परीक्षण कम भएसँगै नयाँ सङ्क्रमितको संख्या घटेको छ भने निको हुनेको संख्या […]