कोरोनाबाट निको हुने दर बढ्यो, मनाङबाहेक सबै जिल्लामा सङ्क्रमण

  ।   २०७७ मंसिर ४, बिहीबार ०७:५२

तस्बिर स्रोत : स्वास्थ्य मन्त्रालय

काठमाण्डौ । कोरोनाबाट निको हुनेको संख्या बढेको छ ।

स्वास्थ्य मन्त्रालयकाअनुसार अहिलेसम्म एक लाख ८२ हजार ७८० जना सङ्क्रमित निको भएका छन् । निको हुने प्रतिशत ८५ दशमलव ८ पुगेको छ । तिहारमा परीक्षण कम भएसँगै नयाँ सङ्क्रमितको संख्या घटेको छ भने निको हुनेको संख्या बढेको छ ।

हिजो एक हजार ४४२ जना सङ्क्रमित थपिएका र तीन हजार ५३८ जना निको भएका मन्त्रालयले जनाएको छ । कुल सङ्क्रमितको संख्या दुई लाख १२ हजार ९१७ पुगेको जनाएको छ । सक्रिय सङ्क्रमितको संख्या २८ हजार ८७८ छ । अहिलेसम्म एक हजार २५९ जनाको ज्यान गएको छ ।

मनाङबाहेक सबै जिल्लामा सङ्क्रमण

स्वास्थ्य मन्त्रालयकाअनुसार मनाङबाहेक सबै जिल्लामा सक्रिय सङ्क्रमित छन् । १३ वटा जिल्लामा ५ सयभन्दा धेरै सङ्क्रमित छन् ।

झापा, मोरङ, सुनसरी, काठमाण्डौ, ललितपुर, भक्तपुर, चितवन, काभ्रे, कास्की, दाङ, रुपन्देही, पाल्पा र कैलालीमा ५ सयभन्दा धेरै सक्रिय सङ्क्रमित रहेका मन्त्रालयले जनाएको छ ।

Next Post

५१ विद्यार्थीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि जिल्लाभरका शैक्षिक संस्था आजदेखि बन्द

२०७७ मंसिर ४, बिहीबार ०७:५२
हुम्लामा बुधबार बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको बैठकले आजदेखि जिल्लाभर शैक्षिक संस्था बन्द गर्नुका साथै जिल्लाका सातवटै गाउँपालिकामा प्रवेश गर्ने मुख्य नाकामा सुरक्षा जाँचमा कडाइ गरिने निर्णय गरको छ । जिल्ला बाहिरबाट प्रवेशमा रोक लगाउनुका साथै अन्तरपालिका आवतजावतमा समेत कडाइ गरिने भएको छ । लामो समयको बन्दाबन्दीपछि कात्तिक दोस्रो […]

सम्बन्धित शीर्षक