लुम्बिनी प्रदेशसभा बैठक आज

  ।   २०७७ चैत्र १८, बुधबार ०७:१५


काठमाडौं । लुम्बिनी प्रदेशको प्रदेश सभाको बैठक ६ महिनापछि आज बस्ने भएको छ ।

बैठक आज दिउँसो १ बजे बस्ने प्रदेश सभा सचिव दुर्लभकुमार थापा जानकारी दिनुभएको छ । आजको बैठकको कार्यसूची भने तय गरिएको छैन् । गत शुक्रबारको मन्त्रिपरिषदको बैठकले चैत्र १८ गते प्रदेश सभाको सातौं तथा हिउँदे अधिवेसन बोलाउन प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

गत असोज २० गते प्रदेशको स्थायी राजधानी र नामाकरण टुंगो लागेसँगै अधिवेशन सकिएको थियो। एउटा अधिवेशन अन्त्य भएको ६ महिनामा अर्को अधिवेशन बोलाउनैपर्ने संवैधानिक व्यवस्था छ । चैत २० गते ६ महिना पुग्नै लाग्दा १८ गते वैठक आह्वान गरिएको हो ।

अघिल्ला वर्ष हिउँदे अधिवेसन माघ महिनामै आह्वान भएपनि यो वर्ष मुलुकको केन्द्रीय राजनीतिमा आएको उतार चढावका कारण ढिलाई भएको हो ।

Next Post

लुम्बिनी प्रदेशको जनशक्ति र सरकारी संयन्त्र बलियो भएपनि खर्च भने निराशाजनक

२०७७ चैत्र १८, बुधबार ०७:१५
काठमाडौं । लुम्बिनी प्रदेश सरकारले दोस्रो चौमासिकसम्म कुल बजेटको ३६ दशमलव ४६ प्रतिशत मात्र बजेट खर्च गरेको छ । प्रदेशको कुल बजेट ३६ अर्ब ३५ करोड २६ लाखमा फागुन मसान्तसम्ममा १३ अर्ब २५ करोड ५८ लाख खर्च भएको छ । लुम्बिनी प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर्षको दोस्रो […]

सम्बन्धित समाचार