नेपालगन्ज । विश्वका दुई सय १५ भन्दा बढी देशमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म चार करोड २९ लाख २३ हजारभन्दा धेरै सङ्क्रमित भएको वर्ल्डोमिटरले जनाएको छ ।
यस्तै सङ्क्रमितमध्ये ११ लाख ५४ हजारभन्दा धेरैको ज्यान गएको छ भने तीन करोड १६ लाख ६५ हजारभन्दा धेरै उपचारपछि निको भएका छन् ।
विश्वमा अहिले एक करोड एक लाख तीन हजारभन्दा धेरै सक्रिय सङ्क्रमित रहेका छन् । अहिलेसम्म सबैभन्दा धेरै अमेरिकामा ८८ लाख २७ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि हुँदा दुई लाख ३० हजारभन्दा धेरैको ज्यान गएको छ ।
यस्तै सबैभन्दा प्रभावितको दोस्रो स्थानमा रहेको भारतमा ७८ लाख ६३ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि हुँदा एक लाख १८ हजारभन्दा धेरैको ज्यान गएको छ ।
हिजो एकैदिन विश्वभरका चार लाख ५२ हजार ४६२ जना संक्रमित थपिएको र पाँच हजार ५९२ जनाको मृत्यु भएको वल्डोमिटरले जनाएको छ ।
सबैभन्दा बढी संयुक्त राज्य अमेरिकामा ७९ हजार ४४९, भारतमा ५० हजार २२४, ब्रजिलमा २५ हजार ५७४, रसियामा १६ हजार ५२१ जना संक्रमित छन् ।
यता नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या एक लाख ५५ हजार दुई सय ३३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै कोरोनाबाट निको हुनेको सङ्ख्या एक लाख आठ हजार तीन सय ३४ पुगेको छ ।
अब नेपालमा ४६ हजार ५७ जना सक्रिय सङ्क्रमित रहेका छन् । यस्तै कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या आठ सय ४२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । एजेन्सीको सहयोग