सुर्खेत रोडका सौय बत्ति (सोलार) बिग्रीए, मर्मत हुन सकेन

बेस्त सडक अध्याँरोमै पार गर्दै सर्वसाधारण

  ।   २०७७ माघ २६, सोमबार १५:५४

संवाददाता, नेपालगंज ।

बाँकेको नेपालगंज स्थित सुर्खेत रोड र सगैं जोडिएका चोक सडकमा जडित सौर्य बत्ति (सोलार) बिग्रीएको लामो समय बितेको छ । तर पनि कतैबाट मर्मतका लागी पहल हुन सकेको छैन ।

बिहान सबेरै देखी अबेर राती सम्म दैनिक जसो बेस्त भइरहने सुर्खेत रोडका कतिपय ठाउँहरु सवारी दुर्घटनाका हिसाबले अति जोखिमपुर्ण मानिन्छन ।

सवारी दुर्घटना न्युनिकरण र आउजाउमा सहजताका लागी रातीमा उज्यालो बनाई राख्न लाखौं रुपैंया खर्चिएर जडान गरिएका सौर्य बत्ति (सोलार) बिग्रीएर त्यसै ग्रिनबेल्डमा ठडिएका छन ।

दिनमा हेर्दा नेपालगंज शहर रातीमा पनि झलमल्ल हुन्छ, होला भनेर ठानिएता पनि केही सौर्य बत्ति (सोलार) बाहेक अधिकांश मर्मत गर्नु पर्ने अवस्थामा पुगेका छन ।

रातीमा सोलार बत्ति नबल्दा देशकै पुरानो, औद्योगिक शहर नेपालगंजका सडकमा आम सर्वसाधारण भने, अध्याँरो सडकमै आउजाउ गर्न बाध्यता बनेका छन ।

जमुनाह देखी राँझा चोक सम्म सौर्य बत्ति (सोलार) सगैं केही ठाउँमा ठुलो क्षमताको हाइमास्ट लाइट पनि जडान गरिएको छ । तर तिनै हाइमास्ट लाइट पनि कतिपय ठाउँमा बलेको देखिन्न ।

पुष्पलाल चोक देखी राँझा सम्म एक निजि कम्पनीले उपमहानगरपालिकालाई कर बुझाउने गरी १५ बर्षका लागी ४७ वटा सौर्य बत्ति (सोलार) जडान गरेको जानकारी प्राप्त भएको छ ।

यस क्षेत्रमा थप सौर्य बत्ति जडानको योजना छ ।

यही ठाउँमा वडाले पनि हाइमास्ट लाइट जडान गरेको उल्लेख छ । बाँकी अन्य सबै ठाउँमा नेपालगंज उपमहानगरपालिका आफैंले सौर्य बत्ति (सोलार) जडान गरेको हो ।

तर सौर्य बत्ति (सोलार) माथी गरिएको लगानी, सदुपयोगीता लगायत बारेमा यतिबेला नेपालगंज उपमहानगरपालिका आफै भने बेखबर बनेको छ ।

यससम्बन्धी विस्तृत विवरण पनि ब्यवस्थित रुपमा अभिलेखिकरण, अपडेट नभएको भेटिएको छ

Next Post

काग्रेंसको वडा समिति कार्यालय ब्यवस्थित गरिदै

२०७७ माघ २६, सोमबार १५:५४
संवाददाता, गुलरिया । बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ११ मा नेपाली काग्रेंस पार्टीको वडा समिति कार्यालयलाई ब्यवस्थित गर्न थालीएको छ । सोही क्रममा आज वडा समितिको कार्यालयमा नयाँ साइनबोर्ड राखिएको छ । युवा समाजसेवी यमनाथ घिमिरेले वडा पार्टी कार्यालयको साइनबोर्ड तयार गरी वडा सभापति बच्चा साहेब यादवलाई हस्तारण गर्नुभएको हो । […]