संवाददाता, गुलरिया ।
बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ११ मा नेपाली काग्रेंस पार्टीको वडा समिति कार्यालयलाई ब्यवस्थित गर्न थालीएको छ । सोही क्रममा आज वडा समितिको कार्यालयमा नयाँ साइनबोर्ड राखिएको छ ।
युवा समाजसेवी यमनाथ घिमिरेले वडा पार्टी कार्यालयको साइनबोर्ड तयार गरी वडा सभापति बच्चा साहेब यादवलाई हस्तारण गर्नुभएको हो ।
हस्तारण कार्यक्रममा नेपाली काग्रेंस बर्दियाका जिल्ला सदस्य कमल प्रसाद रेग्मी, नेपाल तरुण दल गुलरिया नगर अध्यक्ष रबिन्द्र यादव पनि सहभागी रहनुभएको थियो ।




