नेपालगन्ज । कोहलपुर नगरपालिकाका जेष्ठ नगरिक भन्छन् ´ नरेन्द्र तिमी जत्तिकै नेता हामीले देखेका छैनौं । हाम्रो आशीर्वाद तिमीलाई लागोस ।` कोहलपुर नगरपालिकाका दर्जनौं जेष्ठ नागरिकहरुले यसरी भन्ने गरेका छन् ।
बैशाख ३० नजिकिदै गर्दा कोहलपुर नगरपालिकामा प्रचारप्रसारको माहोल बढेको छ । नेकपा माओवादी केन्द्र तर्फका मेयरका उम्मेदवार नरेन्द्र न्यौपानेले जेष्ठ नागरिक प्रति देखाएको श्रद्धाले जेष्ठ नागरिकहरु नतमस्तक भएका छन् । दैनिक जनताको सेवामा लाग्नु भएका न्यौपाने कोहलपुरका अन्यदलका उम्मेदवार भन्दा बढी पढेलेखेका, नम्र स्वभावका रुपमा चिनिनु हुन्छ । कोहलपुरका जनताको सहारा बन्नु भएका नेता न्यौपाने अब्बल, योजना बनाउन सक्ने नेता पनि हो भन्दै न्यौपानेको पक्षमा कोहलपुरको माहोल तातेको छ ।
कोहलपुरका विभिन्न ठाउँ जताततै न्यौपाने कै बारेमा कुरा हुने गरेको सर्वसाधारण बताउँछन् । चिया चौतारी देखि सार्वजनिक स्थानमा न्यौपानेको व्यक्तित्व र सरलताको चर्चा हुन थालेको छ । कोहलपुरबासीका मनमुटुमा बस्न सफल मेयरका उम्मेदवार न्यौपानेको पक्षमा बिपक्षी दलका नेता कार्यकर्ता पनि लाग्न थालेका छन् । कोहलपुर-३ मदन चोककि मिना भण्डारी बताउनु हुन्छ,´ नरेन्द्र कोहलपुरबासीका देउता हुन् । सुख दुखका सारथी हुन् ।` यस्तै कोहलपुर- ५ का गोपाल आचार्य बताउनु हुन्छ,´ नरेन्द्र न्यौपाने आँखामा हाल्दा पनि नबिझ्याउने नेता हुन् । अरुले जेसुकै भनु मेरो भोट त उनैलाई हो ।` यसरी नेता न्यौपानेको चर्चा चलेको छ ।



