संवाददाता, नेपालगंज।
गत २४ घन्टा भित्र बाँकेमा १ सय ८४ को पीसीआर जाँच गर्दा २६ जनामा कोरोनाको संक्रमण देखिएको छ । जुन १४.१ प्रतिशत हुन आउँछ । संक्रमण देखिएका मध्ये बाँके जिल्लाका ९ जना छन ।
यता कोभिडका बिरामी राख्दै आएको भेरी अस्पताल नेपालगंजमा अहिले २८ जना उपचाररत छन । जसमध्ये ९ जना शिकिस्त अवस्थाका बिरामी हुन । केही दिन अघि सम्म कोभिडका बिरामीका लागी बेड पाउन मुस्किल हुने नेपालगंजका अस्पतालहरुमा यतिबेला भने खाली बेड देखिन थालेका छन ।
कोभिड फोकल पर्सन नरेश श्रेष्ठले दिनुभएको जानकारी अनुसार भेरी अस्पतालका २ सय बेड मध्ये १ सय ५७ बेड खाली छन । आज दिँउसो १ बजे सम्म वेस्र्टन अस्पतालका १६ सर्जिकल्स बेड खाली छन ।
नेपालगंज मेडिकल कलेजका १ सय ३० बेड र युनाइटेड अस्पतालका १५ बेड खाली भएर कोभिडका बिरामी बढ्दै गएका पुन : संञ्चालन हुने गरी अहिले कोभिडका बिरामी भर्ना लिन छोडिएको छ ।
यता बाँकेमा विद्यालय लगायतका शैक्षिक संस्थाहरु तत्काल संञ्चालन गर्न नपाईने भएको छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेले आज जारी गरेको आदेश अनुसार कोभिड जोखिम कायमै भएकाले साउन १ गतेदेखी १० गतेसम्म विद्यालय लगायतका शैक्षिक संस्थाहरु संञ्चालनमा रोक लगाईएको हो ।
यस्तै दैनिक उपभोग्य बाहेकका अन्य पसल ब्यवासायहरु भने बिहान ९ बजेदेखी साँझ ७ बजेसम्म मात्र संञ्चालन गर्न भनिएको छ ।





