संवाददाता ।
भारतीय वन कर्मचारीले बर्दियाको बढैयाताल गाउँपालिका १ बाट २ जना नेपालीलाई ६० वटा बाख्रा सहित नियन्त्रण लिएका छन ।
नेपालीभूमि भित्र आएर अपहरण शैलीमा सानो डाँफेबाट नेपाल भारत ४३ नम्बर पिलर नजिकै नेपाल तर्फ बाख्रा चराई रहेका १६ वर्षीय खिम बहादुर र यम बहादुर रावतलाई भारतीय वन कर्मचारी प्रतीक र अमित भाई भन्नेले नियन्त्रण लिई गएका हुन ।
भारतीय क्षेत्रबाट ३ वटा काठ हराएको भन्दै काठ फिर्ता गर्नुपर्ने भनी उनीहरुलाई जबर्जस्ती लिएर गएको स्थानीय भीम सिंहले जानकारी दिनुभयो ।
घटना बारे आवश्यक अनुसन्धान भई रहेको र काउन्टर पार्ट संँग कुरा गरी नेपालीहरूको रिहाई र बाख्रा फिर्ता गराउन आवश्यक पहल भइरहेको बर्दियाका प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनार बताउनुभएको छ ।