खजुरा प्राबिधिक विश्वविद्यालय अवलोकन

  ।   २०७९ भाद्र ३, शुक्रबार १९:२७

नेपालगन्ज । बाँकेको खजुरामा लुम्बिनी प्रदेश प्राबिधिक  विश्वविद्यालय स्थापनाका लागि प्रक्रिया सुरु भए सँगै  खजुरा गाउँपालिकाले वडा नं ८ रनियापुरमा छुट्याएको १ सय १० बिघा जमिन  लुम्बिनी प्रदेस प्राबिधिक बिश्व बिद्यालयको निर्माण स्थलको शुक्रबार  बिश्व बिद्यालयका उपकुलपति प्रा. डा. बिनोद प्रसाद ढकाल, रजिस्टार रेग ब.भण्डारी, प्रदेश योजना आयोगका उपाध्यक्ष बामदेव क्षेत्री,  लुम्बिनी प्रदेसका संसद  आइपी खरेल, मुख्यमन्त्री कार्यलयका अर्थ बिज्ञ डा. लक्ष्मण न्यौपाने, शिक्षा मन्त्रालयका शाखा अधिकृत विष्णु पन्थी, सामाजिक बिकास डिभिजन प्रमुख राम करन पाल, बवई  बहुमुखी  क्याम्पसका चिप इश्वरी प्रसाद सिंह महेन्द्र बहुमुखी क्याम्पसका सहायक क्याम्पस चिप डा.इन्द्र भण्डारी खजुरा गाउँपालिकाका अध्यक्ष  डम्बर बहादुर बिक लगायतको टोलीले अवलोकन गरेको छ ।

उपकुलपति प्रा.डा. बिनाेद भण्डारीले विश्वविद्यालयका लागि खजुराको जग्गा उपयुक्त भएको र जग्गा प्राप्तिका लागि प्रकृया अगाडि बढाउने प्रतिक्रिया दिनुभएको गाउँपालिकाका अध्यक्ष डम्बर विकले जानकारी दिए । उनका अनुसार उक्त टोलीले विश्वविद्यालयका लागि आवश्यक पर्ने ब्लक निर्माण गर्ने सम्भाव्यस्थल समेत अवलोकन गरेको थियो ।  सबै राजनीति दल, बुद्धिजीवी प्रहरी प्रशासन अन्य सरोकारवाला निकायसँग छलफल प्रकृया अगाडि बढाउने निरिक्षण टाेलिले जानकारी दिएका छन।
तत्कालै प्राबिधिक विश्वविद्यालयको कार्यालय सञ्चालन ल्याउने गरि काम अगाडि बढाउने छिटोभन्दा छिटो लुम्बिनी   प्राबिधिक विश्वविद्यालय संचालनमा ल्याएर  अनुसन्धात्मक शिक्षा प्रदान र विश्व  बजारमा विकाउ जनशक्ति उत्पादन गर्ने र लुम्बिनीको ब्राण्ड कायम गर्ने पहिलो सपना भएको खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर विककाे भनाई रहेकाे थियोे ।

जनक शिक्षा केन्द्रको छापाखाना राख्नका लागि निर्माण भएको भवनमा विश्व विद्यालयको प्रशासनिक कार्यालय स्थापना गर्ने एसअघि काे निर्णय अनुसार  जनक शिक्षा केन्द्रकाे भवनमा  अस्थायी कार्यालय राख्ने  निर्णय भएको  अध्यक्ष विकले बताए ।

विश्वविद्यालयका लागि प्रदेश सरकारले सय बिघा जग्गा आवश्यक पर्ने बताए पनि खजुरागाउँपालिकाले १ सय १० बिघा जग्गा छुट्याएर हक हस्तान्तरण गर्न सिफारिस गरिसकेको  खजुरा गाउँपालिका प्रमुखको सचिवालय प्रमुख प्रदिप विकले हाम्रो जनादेश लाई जानकारी दिनुभयो ।

Next Post

गुलरिया नगरपालिकामा प्लान नेपालको परियोजना सम्बन्धी जानकारी तथा समन्वय बैठक

२०७९ भाद्र ३, शुक्रबार १९:२७
नेपालगञ्ज । प्लान ईन्टरनेशनल नेपालसँगको साझेदारीमा बर्दियाको नगरपालिकामा संचालन गरिएका परियोजनाहरुको जानकारी तथा समन्वय बैठक सम्पन्न भएको छ । बाँके युनेस्को क्लब, बीग्रुप, स्याक नेपाल, साथी संस्था र थारु महिला उत्थान केन्द्रको संयुक्त आयोजना र बर्दिया नगरपालिकाको समन्वयमा सो बैठक सम्पन्न भएको हो । खासगरी स्थानीयतहको निर्वाचन पश्चात निर्वाचित जनप्रतिनिधीहरुलाई […]