लुम्बिनी प्रदेश सांसद नमुना बिकास योजना पार्न दौडधुप , २ मन्त्रालयमा १७ योजना

  ।   २०७९ पुष ५, मंगलवार १०:४८

कृष्टी चौधरी : बाँके । राप्तीसोनारी र नरैनापुरमा विकासका योजना माग्दै प्रदेश सांसद कृष्णा केसी (नमुना)ले संघीय सरकारका विभिन्न मन्त्रालयमा योजनाहरु पेश गर्नु भएको छ । काठमाडौं पुग्नुभएकी उहाँले सोमबार अर्थमन्त्री जनार्दन शर्मा र सहरी विकासमन्त्री मेटमणि चौधरीलाई भेटेर दुई पालिकाका विकासे योजनाहरु पेश गर्नु भएको हो ।

उहाँले मन्त्रीसमक्ष आफ्नो निर्वाचन क्षेत्रमा चार स्थानमा पक्की पुल, दुई स्थानमा झोलुंगे पुल, चार स्थानमा एकीकृत बस्ती विकास, दुईवटा विद्यालयको भवन निर्माण, तीन हजार पाँच सय घरधुरीका फुसका छाना हटाउन बजेट, १६ किलोमिटर पक्की नाली निर्माणलगायतका योजनाहरु पेश गर्नुभएको छ । ‘मैले राप्तीसोनारी र नरैनापुरका लागि १७ बुँदामा योजनाहरु राखेर दुवै मन्त्रालय तथा अन्य केही विभागहरुमा पेश गरेकी छुँ । मन्त्रीज्यूहरुसँग समेत यहाँको विकास निर्माणको बारेमा छलफलसमेत भयो,’ काठमाडौंमा रहेकी सांसद नमुनाले टेलिफोनमा मार्फत भन्नुभयो ।

आफूले पेश गरेका योजनाहरुको बारेमा दुवै मन्त्रीहरु सकारात्मक रहेको भन्दै केही योजनाहरुमा बजेट केही दिनमै अर्थ मन्त्रालयबाट सुनिश्चित हुने उहाँले दाबी गर्नुभयो । अहिलेसम्म योजनामा समावेश नभएका यहाँका विभिन्न योजनालाई योजनामा समावेश गरेर बजेट विनियोजन गरिदिन आफूले मन्त्रीज्यूहरुलाई आग्रह गरेको सांसद नमुनाले बताउनु भयो । उहाँले बाँसखुली हुँदै दाङको भौवा-नाका जोड्ने सडकको लागि राप्ती नदीमा, नरैनापुरको दोन्द्रानालामा, कचनापुरको साइरन टावर नालामा र बेलबासदेखि राजपुर जोड्नको लागि परुवा खोलामा पक्की पुल निर्माणको लागि योजना र बजेटको लागि माग पेश गर्नु भएकोछ ।

फुसको छानो हटाउने कार्यक्रमअनुसार सुरक्षित आवास कार्यक्रमअन्तर्गत नरैनापुरमा दुई हजार, राप्तीसोनारीमा एक हजार र कोहलपुरमा पाँच सय घर निर्माणका लागि बजेट सुनिश्चित गरिदिन अर्थमन्त्री शर्मालाई आग्रह गरिएको उहाँले थप्नुभयो । ‘फुसका छाना विस्थापित गर्नको लागि सोमबार नै मैले पेश गरेका योजनाअनुसार बजेटको लागि अर्थमा फाइल गइसकेको छ,’ सांसद नमुनाले जानकारी दिँदै भन्नुभयो, ‘एक दुई दिनमै अर्थ मन्त्रालयले बजेट सुनिश्चित गर्छ होला  ।’
राप्तीसोनारीको वडा नम्बर ४, ५ र ७ तथा नरैनापुरको ५ नम्बर वडामा एकीकृत बस्ती विकास र निर्माण गर्नका लागि सहरी विकासमन्त्री चौधरीलाई उहाँले आग्रह गर्नुभएको थियो । नेपाल राष्ट्रिय माध्यमिक विद्यालय कुम्भर र नेपाल राष्ट्रिय माध्यमिक विद्यालय धामपुरमा ६÷६ कोठे भवन तथा सहिद स्मृति सामुदायिक भवन निर्माणको लागि बजेट सुनिश्चित गरिदिनका लागि अर्थ मन्त्री शर्मासँग सांसद नमुनाले छलफल गर्नुभयोको हो ।
बाँके क्षेत्र नम्बर १ लुम्बिनी प्रदेशसभा १ क मा पर्ने वडाहरुमा १६ किलोमिटर पक्की नाली निर्माण, मोरङा खोलामा तीन किलोमिटर तटबन्धका लागि समेत बजेट दिन अर्थमन्त्रीसँग उनले आग्रह गर्नु भएको हो । लुम्बिनी प्रदेश सरकारबाट समेत आफ्नो क्षेत्रमा विभिन्न योजनाहरु परेको भन्दै सांसद नमुनाले त्यतीले मात्र नपुगेर विकास माग्दै आफू काठमाडौं आइपुगेको बताउनु भयो । ‘प्रदेश सरकारले दिने बजेटले मात्र राप्तीसोनारी र नरैनापुरको विकास हुन सक्दैन,’ उहाँले भन्नुभयो, ‘मलाई त्यहाँका जनताले यसले केही गर्छे भनेर दोस्रोपटक जिताएर पठाएका छन् । जनताकै योजना बोकेर काठमाडौंमा मन्त्रालयका ढोका ढोकामा पुगिरहेकी छुँ ।’ सांसद नमुनाले केही दिनअघि मात्र लुम्बिनी प्रदेशका विभिन्न मन्त्रालयमा पुगेर राप्तीसोनारी र नरैनापुरका लागि थप योजना र बजेट विनियोजन गर्न लगाउनु भएको थियो ।

Next Post

कुरा मात्रै हैन काम गर्छिन् नमुनाले

२०७९ पुष ५, मंगलवार १०:४८
सुर्यप्रसाद धिताल बाँके । राप्तिसोनारीको विकट गाउँ खयरभट्टीका सर्वसाधारणले विद्युत बाल्न पाउने भएका छन् । नमूना पुनः सांसद निर्वाचित भए सँगै काठमाडौं पुगेर ३ करोड ४० लाख रुपैयाँको बजेट पास गराउन सफल भएकी छन् । यस्तो खवर प्राप्त गरेपछि खयरभट्टीका सर्वसाधारणले नमूना कुरामात्रै हैन काम गर्ने नेत्री हुन् भन्दै प्रसंसा […]

सम्बन्धित समाचार