कुरा मात्रै हैन काम गर्छिन् नमुनाले

  ।   २०७९ पुष ६, बुधबार १५:३४

सुर्यप्रसाद धिताल
बाँके । राप्तिसोनारीको विकट गाउँ खयरभट्टीका सर्वसाधारणले विद्युत बाल्न पाउने भएका छन् । नमूना पुनः सांसद निर्वाचित भए सँगै काठमाडौं पुगेर ३ करोड ४० लाख रुपैयाँको बजेट पास गराउन सफल भएकी छन् । यस्तो खवर प्राप्त गरेपछि खयरभट्टीका सर्वसाधारणले नमूना कुरामात्रै हैन काम गर्ने नेत्री हुन् भन्दै प्रसंसा गर्न थालेका छन् ।

बाँके निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश १ बाट लुम्बिनी प्रदेश सभा सदस्यमा निर्वाचित सांसद कृष्णा केसी ‘नमुना’ ले सांसद पदको सपथ नखादै सर्वसाधारणका समस्या समाधान गर्नतिर तिब्र रुपमा बढेकि छन् । निर्वाचनका बेला जनतासँग गरेका प्रतिबद्धता याद गर्दै दैनिक जसो जनताकै कामका लागि सांसद नमूना खटिएको कुराले हामीलाई उत्प्रेरित बनाएको छ भन्दै नमूनाका शुभचिन्तकले बताउन थालेका छन् । आफ्नो क्षेत्रमा बिकास गर्न सांसद नमुना केहिदिन देखि काठमाडौंका विभिन्न मन्त्रालय धाउदै आएकी छन् । १७ वटा योजना लिएर अर्थ मन्त्रालय र सहरी विकास मन्त्रालयमा धाउँदै गरेकी नमूनाले आजै राप्तिसोनारी गाउँपालिका वडा नं. ४ स्थित खयरभट्टी क्षेत्रमा बिधुतिकरणका लागि नेपाल विद्युत प्राधिकरणसँग ३ करोड ४० लाख रुपैयाँको बजेट पास गराउन सफल भएकी छन् ।

सो बजेटबाट २२ कि. मी. ११ के. भि. लाइन, ४ दशमलव ३ कि. मी. वितरण लाइन निर्माण र ३ थान वितरण ट्रान्सर्फमर जडान गरी करीब ४ सय घरमा बिद्युत सप्लाई गर्ने योजना रहेको सांसद नमुनाले जानकारी गराईन ।

Next Post

गुडन्यूज अंक २८

२०७९ पुष ६, बुधबार १५:३४
पुरा पत्रिका पढ्न दिईएको लिंक खोल्नुहोस । good news national weekly