सुर्खेतमा संयुक्त जवान जागृति शिखर सम्मेलनको आज तेस्रो दिन

  ।   २०७९ आश्विन २०, बिहीबार १०:२२

सुर्खेत ।

संयुक्त जवान जागृति शिखर सम्मेलन भव्यरुपमा चलिरहेको छ । इसाई समाज सुर्खेतको आयोजनामा गरिएको सम्मेलनमा कर्णाली प्रदेशका १० जिल्लाका युवाहरू उपस्थित भएको इसाई समाजका अध्यक्ष रेभरेन्ट पदम गैरेले बताउनु भयो । असोज १८ गते सुरुभएको सम्मेलन आज सम्म साझ समापन गर्ने उपाध्यक्ष पा. गोमन सिंह बस्यालले जानकारी गराउनु भयो ।

इसाईहरुको पवित्र शास्त्र बाइबलबाट नेपालगन्जका युवा पास्टर बिकास बसेल लगायतका पास्टरहरुले सिकाउनु भएको छ । प्रभुको वचनबाट युवाहरुलाई एउट योग्य र सक्षम युवा बन्न उत्साहित सबै बक्ताहरुले गराउनु भयो । सुर्खेतको बुद्धपथ स्थित सभागृहमा चलिरहेको छ ।

     
युवाहरूले नाच, गान, मुक्तक, ड्रामा लगायतका प्रतिभा देखाउदै जनचेतना जगाउने खालका कार्यक्रम भैरहेको इसाई समाज सुर्खेतका सचिव प्रेम बयालकोटीले बताउनु भयो । कार्यक्रम संचालन सचिव बयालकोटीले गर्नु भएको छ ।

Next Post

भारतीय कम्पनीको रुखाखोकी औषधिबाट ६६ बच्चाको मृत्यु

२०७९ आश्विन २०, बिहीबार १०:२२
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले भारतको मेडन फर्मास्युटिकल्स कम्पनीले उत्पादन गरेको बच्चालाई खुवाउने रुखा–खोकीका औषधि प्रयोग नगर्न सुझाव दिएको छ । गाम्बियामा रुखाखोकीको औषधि खाँदा ६६ जना बच्चाको मृत्यु भएको घटनामा त्यही औषधि नै मुख्य कारण हुनसक्ने भन्दै डब्ल्यूएचओको उक्त सुझाव दिएको हो । बुधबार मिडिया ब्रिफिङको क्रममा डब्ल्यूएचओका प्रमुखले […]