संवाददाता ।
प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ १६५ वटै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । आज दोलखाको मतगणना सकिएसँगै सबै क्षेत्रको नतिजा आएको हो ।
मंसिर ४ गते देशभर एकैचरणमा निर्वाचन भएको थियो । दोलखा र बाजुराका केही केन्द्रमा भने धाँधली भएको पाइएपछि पुनःमतदान भएको थियो ।
निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ५७ स्थानमा जित्दै कांग्रेस पहिलो दल बनेको छ । दोस्रो भएको एमालेले ४४ सिट जितेको छ ।
माओवादी केन्द्रले १८, एकीकृत समाजवादी पार्टीले १०, जनता समावादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले समान ७–७ सिट जितेका छन ।
यसैगरी लोकतान्त्रिक समाजवादी पार्टीले ४, नागरिक उन्मुक्ति पार्टीले ३ तथा राष्ट्रिय जनमोर्चा, नेमकिपा र जनमत पार्टीले १–१ सिट जितेको निर्वाचन आयोगले जनाएको छ ।
आयोगका अनुसार पाँच जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन । यो निर्वाचनमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी, लोसपा र जनमोर्चा गठबन्धन गरेर लडेका थिए । यस्तै एमालेले राप्रपा, जसपा र राप्रपा नेपालसँग गठबन्धन गरेको थियो ।
उकालो डटकमबाट