अफगानिस्तानमा गृहयुद्ध हुन सक्ने अमेरिकी सैनिक कमाण्डरको चेतावनी

  ।   २०७८ असार १७, बिहीबार ०६:४८


एजेन्सी । अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भएसँगै मुलुक पुनः गृहयुद्धमा प्रवेश गर्न सक्ने अमेरिकी सेनाका उच्च कमाण्डरले बताएका छन् ।

अफगानिस्तानबाट अघिल्लो महिनाबाट अमेरिकी सेना फिर्ता गर्ने कार्य शुरु भएसँगै हिंसात्मक घटनाहरु बढेका छन् । तालिवान विद्रोही समूहले धेरै क्षेत्रहरु कब्जा गरिसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

आगामी सेप्टेम्बर ११ सम्ममा सबै अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता भइसक्ने अमेरिकी सेनाका जनरल स्कल मिलरले जानकारी दिनुभएको छ । तर त्यसपछि अफगानिस्तानको अवस्था झनै नाजुक हुने बताउँदै त्यहाँको नेतृत्व मुलुकलाई एकतावद्ध बनाउन असक्षम रहेको उहाँको भनाइ छ ।

हाल ३ सय ७० जिल्ला मध्ये ५० जिल्ला विद्रोहीको कब्जामा रहेका छन् ।

Next Post

आजदेखि आन्तरिक हवाई उडान खुल्यो, दैनिक ६४ उडान

२०७८ असार १७, बिहीबार ०६:४८
काठमाडौं । निषेधाज्ञासँगै बन्द भएको आन्तरिक हवाई उडान पुनः आजदेखि शुरु भएको छ। नागरिक उड्डयन प्राधिकरणले दैनिक ६४ वटा उडान हुने गरी हवाई उडान सञ्चालन गर्ने निर्णय गरेको छ। बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म आन्तरिक हवाई उडान सुरु भएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिनुभयो । उडान […]