विश्वमा कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १५ लाख १० लाख नाघ्यो

  ।   २०७७ मंसिर १९, शुक्रबार ०६:२०


नेपालन्ज । विश्वमा कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १५ लाख १० लाख नाघेको छ ।

दुई सय १८ वटा देशमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट अहिलेसम्म १५ लाख १० हजार सात सयभन्दा धेरैको ज्यान गएको वर्ल्डोमिटरले जनाएको छ । अहिलेसम्म विश्वका ६ करोड ५४ लाख ९६ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भइसकेको छ ।

सङ्क्रमण भएकामध्ये चार करोड ५३ लाख ३७ हजारभन्दा धेरै निको भएका छन् । सबैभन्दा धेरै अमेरिकामा एक करोड ४५ लाख २९ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएकोमा दुई लाख ८२ हजार सात सयभन्दा धेरैको ज्यान गइसकेको छ ।

प्रभावितको दोस्रो नम्बरमा रहेको भारतमा ९५ लाख ६४ हजार पाँच सयभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकोमा एक लाख ३९ हजार एक सयभन्दा धेरैले ज्यान गुमाएका छन् ।

विश्वका १३ वटा देशमा १० लाखभन्दा धेरै मानिसमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

गएको वर्षको डिसेम्बरमा चीनको वुहानमा देखिएको कोरोना भाइरस अहिले विश्वव्यापी महामारीको रुपमा रहेको छ । पछिल्ला दिनमा धेरै देशहरुमा महामारीको दोस्रो लहर चलिरहेकोले अहिले नयाँ सङ्क्रमित थपिने तथा ज्यान गुमाउनेको सङ्ख्या पनि बढिरहेको छ ।

यसैबीच कोरोना भाइरसविरुद्ध बनिरहेको खोपले पाएको सफलताले भने आशा बढ्दै गएको छ । बुधबार मात्रै फाइजर कम्पनीले बनाएको कोरोना खोपलाई बेलायतले प्रयोगका लागि अनुमति दिएको छ । एजेन्सी

Next Post

कोरोना सङ्क्रमणका कारण फ्रान्सका पूर्वराष्ट्रपतिको निधन

२०७७ मंसिर १९, शुक्रबार ०६:२०
एजेन्सी । फ्रान्सका पूर्वराष्ट्रपति भेलेरी गिसकार्ड डिएस्टेङ्गको कोरोना भाइरसका कारण ज्यान गएको छ । ९४ वर्षका उनलाई केही दिनअघि श्वासप्रश्वासमा समस्या देखिएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । अस्पतालबाट स्वस्थ भएर घर फर्किए पनि उनको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उहाँले सन् १९७४ […]

सम्बन्धित समाचार