त्रिभुवन विश्वविद्यालयले दुई दिन सार्वजनिक विदा नदिने

  ।   २०७९ जेष्ठ १, आईतवार १८:५३

संवाददाता ।

त्रिभुवन विश्वविद्यालय (त्रिवी ) ले दुई दिन सार्वजनिक विदा नदिने निर्णय गरेको छ ।

त्रिवीको सूचना तथा जनसम्पर्क महाशाखाले आइतबार सूचना निकाल्दै विद्यार्थीको पठनपाठन र विश्व विद्यालयबाट प्रदान गरिने स्वास्थ्य सेवालगायत अन्य सेवालाई नियमित रुपमा सञ्चालन गर्ने जनाएको हो ।

सूचनामा विश्वविद्यालयमा कोभिडको असरका कारणले शैक्षिक पात्रो ढिलो भएको, पठनपाठन र परीक्षाका तालिका पहिले नै निर्धारण भइसकेको हुँदा अर्को सूचना जारी नभएसम्म विश्वविद्यालयका सेवा सञ्चालन गर्ने उल्लेख छ ।

मन्त्रिपरिषद्को वैशाख १३ गतेको निर्णय अनुसार गृह मन्त्रालयले वैशाख २६ गते नेपाल राजपत्रको सूचनामा हप्तामा दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।

हप्तामा दुई दिन विदा कार्यान्वयन भएपछि कार्यालय समय भने सोमबारदेखि शुक्रबारसम्म बिहान ९ः३० देखि ५ः३० सम्म तोकेको छ । सरकारले कार्तिक १६ गतेदेखि माघ १५ गतेसम्म कार्यलय समय ९ः३० देखि ४ः३० सम्म तोकेको छ ।

यस्तै, सार्वजनिक विदाको दिनमा सेवा प्रदान गर्ने कर्मचारीलाई सट्टा विदा दिइने राजप्रत्रमा उल्लेख छ ।

 

Next Post

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : हवाईमार्ग ’सहज’ नभए व्यावसायिक उडान गर्न ’कठिनाइ हुन सक्छ’

२०७९ जेष्ठ १, आईतवार १८:५३
संवाददाता । नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल आजबाट औपचारिक रूपमा सञ्चालनमा आए पनि हालसम्म भारतले सहज हवाईमार्ग तथा हवाईक्षेत्र उपलब्ध नगराएकाले “व्यावसायिक अन्तर्राष्ट्रिय उडान“ प्रभावित हुन सक्ने विज्ञहरूले औँल्याएका छन । यो समस्या समाधान गर्न नेपालले “उपयुक्त कूटनीतिक पहल“ गर्नुपर्ने आवश्यकता भएको उनीहरू बताउँछन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयका […]

सम्बन्धित समाचार