आज देशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

  ।   २०७७ भाद्र १, सोमबार ०८:४७

काठमाण्डौ । आज देशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

गण्डकी प्रदेश, प्रदेश नम्बर ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा र प्रदेश १ तथा वाग्मती प्रदेशको एकरदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् सजिना शाक्यले जानकारी दिनुभयो ।

अरु ठाउँमा भने सामान्यतया बदली रही केही ठाउँहरुमा मेघगर्जनसहित हल्कादेखि मध्यमखालको पानी पर्ने सम्भावना छ ।

मनसुनी न्यूनचापीय रेखा दक्षिणतर्फ भए पनि बंगालको खाडीमा बनेको न्यूनचापीय रेखाको प्रभावका कारण जलवाष्पयुक्त हावा देशभर फैलिएका कारण पानी पर्ने सम्भावना भएको उहाँले बताउनुभयो ।

ठूलो पानी पर्नसक्ने सम्भावना देखिएको ठाउँका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने र पानीको निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । उज्यलो अनलाइन

Next Post

कोभिड–१९ र मेरो अनुभव

२०७७ भाद्र १, सोमबार ०८:४७
चीनको वुहानबाट फैलिएको कोभिड–१९ अहिले विश्वका २१५ वटा देशमा पुगेको छ । अंग्रेजी पात्रो अनुसार २०१९ को डिसेम्बर अन्तिम बाट फैलन थालेको कोभिडले २ करोड १६ लाख बढी मानिसलाई सक्रमित बनाई सकेको छ । यसैगरी साढे ७ लाख ६९ हजार बढी मानिसले ज्यान गुमाएका छन । यसैगरी १ करोड ४३ […]