बाँके जिल्लाबाट आज थप ३८ जना कोरोना जितेर घर फर्किदै

  ।   २०७७ कार्तिक ११, मंगलवार ०९:१३

बाँके । बाँके जिल्लाबाट आज (मंगलबार) कोरोना भाइरस (कोभिड– १९) संक्रमण पुष्टि भएका ३८ जना निको भइ डिस्चार्ज हुँदैछन् ।

जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (डी.सीसी.एम.सी) बाँकेका अनुसार आज डिस्चार्ज हुनेमा १४ जना महिला र २४ जना पुरुष रहेका छन् । यससँगै जिल्लाभर कोरोना जित्दै डिस्चार्ज हुनेको संख्या दुई हजार ६६० पुगेको छ ।

बाँकेमा हालसम्म दुई हजार ९९६ जना व्यक्तिमा कोरोनाको संक्रमण पुष्टिभएको डी.सीसी.एम.सी बाँकेले जनाएको छ । संक्रमित मध्ये ३० जनाको मृत्यु भएको छ । बाँके र बाहिर जिल्लाका गरी अहिले ३२४ जना कोरोना संक्रमित मानिस आईसोलेसनमा रहेका छन् ।

बाँकेमा बिरामी निको हुने दर ८८.७९ प्रतिशत, मृत्यु दर १.०० प्रतिशत र रोगको प्रकोप दर ०.५० प्रतिशत रहेको जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (डी.सीसी.एम.सी) बाँकेले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालमा पछिल्लो २४ घण्टामा ५७० जना कोरोना संक्रमित थपिए, तीन हजार १६८ सङ्क्रमणमुक्त

२०७७ कार्तिक ११, मंगलवार ०९:१३
काठमाडौं । नेपालमा पछिल्लो करिब दुई महिना यताकै सबैभन्दा कम कोरोनाभाइरसका सङ्क्रमितको पुष्टि भएको छ । पछिल्लो चौबीस घण्टामा मात्र ५७० जना सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा दुई हजार ७२५ जनाको आरटीपीसीआर […]