चुनाव सकिए लग्तै काममा लाग्यो राष्ट्रिय भुमि आयोग बाँके

  ।   २०७९ मंसिर १३, मंगलवार १५:०५

संवाददाता, नेपालगंज ।

प्रदेश र प्रतिनिधि सभाको निर्वाचन सकिए लग्तै राष्ट्रिय भुमि आयोग बाँकेले आफनो कामकारबाहीलाई अगाडी बढाएको छ । दलित भुमिहिन तथा सुकुम्बासी र अब्यवस्थित बसोबासीहरुलाई जग्गा धनी प्रमाण पत्र उपलब्ध गराउने कार्यमा बाँकेका ६ वटा पालिकाले साथ दिईरहेका छन ।

त्यसैक्रममा नेपालगंज उपमहानगरपालिका वडा नम्बर २० मा पनि जग्गा नाप जाँचको कार्य शुरु भएको छ ।

एक कार्यक्रमका बीच नगरप्रमुख प्रशान्त विष्ट, नगरउपप्रमुख कमरुद्दिन राई, राष्ट्रिय भुमि आयोग बाँकेका अध्यक्ष श्रवन यादव, नापी कार्यालय बाँके प्रमुख तथा भुमि आयोगका सदस्य सचिव सहदेव सुवेदी लगायतको उपस्थितीमा जग्गा नाप जाँचको कार्य शुरु गरिएको हो ।

दलित भुमिहिन तथा सुकुम्बासी र अब्यवस्थित बसोबासीहरुको फाइल मालपोत कार्यालयले प्रमाणिकरण गरेपछि आयोगले जग्गा धनी प्रमाण पत्र उपलब्ध गराउने गर्दछ ।

दलित भुमिहिन तथा भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई जग्गा धनी प्रमाण पत्र उपलब्ध गराउने सम्बन्धमा डुडुवा गाउँपालिकाले आयोग सँग अहिले सम्म सम्झौता नै गरेको छैन भने नरैनापुर गाउँपालिकाले त्यति चासो दिएको छैन ।

फोटो सौजन्य राष्ट्रिय भुमि आयोग बाँके

Next Post

मानव बेचविखन रोक्न नेपाल र भारतका सुरक्षा निकाय र संघसस्था विच बैठक सम्पन्न

२०७९ मंसिर १३, मंगलवार १५:०५
नेपालगञ्ज । यहाँस्थित नेपाल भारत नाकाको प्रयोग गरेर लामो समयदेखि भैरहेको मानवबेचविखन रोक्न दुबै देशका सम्बन्धित अधिकारी र संघसंस्थाविच सहमति बनेको छ । प्लान नेपालको आर्थिक सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकासंगको सहकार्यमा बाँके युनेस्को क्लवले नेपालगञ्जमा आयोजना गरेको बेचविखनका बिरुद्ध क्रशबोर्डर अन्तरक्रिया तथा अनुभव आदानप्रदान बैठकमा सो सहमति बनेको हो ।  मानव […]