कक्षा १२ को परीक्षा २०८० वैशाख दोस्रो हप्ता र नतिजा साउन मसान्तभित्र प्रकाशित गरिने

  ।   २०७९ आश्विन २५, मंगलवार १५:४९

संवाददाता ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को परीक्षा २०८० वैशाख दोस्रो हप्ता र नतिजा साउन मसान्तभित्र प्रकाशित गर्ने जनाएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०७९-०८० को परीक्षा सम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो । कार्यतालिका अनुसार कक्षा १२ को वार्षिक परीक्षा २०८० वैशाख महिनाको दोस्रो हप्तादेखि सञ्चालन हुनेछ ।

कक्षा ११ को आंशिक-ग्रेड वृद्धि परीक्षा २०८० वैशाख महिनाको तेस्रो हप्तादेखि सञ्चालन हुनेछ । त्यस्तैगरी कक्षा ११ को वार्षिक परीक्षा २०८० वैशाख महिनाको अन्तिम हप्तादेखि सञ्चालन हुनेछ ।

कक्षा १२ को वार्षिक परीक्षाको नतिजा प्रकाशन भएको मितिले ४५ दिनभित्र सञ्चालन हुनेछ ।

कक्षा १२ को वार्षिक परीक्षाको नतिजा २०८० साउन मसान्तभित्र प्रकाशन हुने र कक्षा ११ को (आंशिक-ग्रेड वृद्धि परीक्षार्थी) को भदौ मसान्तमित्र प्रकाशन गरिनेछ ।

कक्षा १२ को ग्रेड वृद्धि (पूरक) परीक्षाको नतिजा परीक्षा सञ्चालन भएको मितिले ४५ दिनभित्र प्रकाशन हुने बोर्डले जनाएको छ । पुनर्योगका लागि विद्यार्थीले नतिजा प्रकाशन भएको मितिले १५ दिनभित्र निवेदन दिनसक्ने र पुनर्योगको नतिजा प्रकाशन नतिजा प्रकाशन भएको मितिले ४५ दिनभित्र (पूरक परीक्षा सञ्चालन हुनुभन्दा अगाडि) हुनुपर्नेछ ।

कार्यतालिका अनुसार कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुका लागि २०७९ कार्तिक मसान्तभित्र रजिष्ट्रेसन आवेदन फाराम वितरण हुनेछ ।

कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुको रजिष्ट्रेसन आवेदन फाराम २०७९ पुस १५ गतेभित्र भरिसक्नुपर्ने, विलम्ब शुल्कसहित पुस मसान्तसम्म र विद्यालयहरुले माघ १५ गतेभित्र सम्बन्धित कार्यालयमा बुझाउनुपर्ने, सम्बन्धित कार्यालयहरुले फागुन १५ गतेभित्र सम्बन्धित विद्याहरुलाई ट्रिप्लिकेट सहित रजिस्ट्रेसनको अर्धकट्टी वितरण गर्नुपर्ने उल्लेख छ ।

कार्यातालिका अनुसार कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुको २०७९ पुष १ गतेबाट सम्बन्धित विद्यालयहरुलाई परीक्षा आवेदन फाराम वितरण गर्ने, २०७९ पुष १६ गतेदेखि माघ १५ गतेभित्र सम्बन्धित विद्यालय-क्याम्पसहरुले कक्षा ११ का आंशिक-ग्रेड वृद्धि र कक्षा १२ को नियमित तथा आंशिक-ग्रेड वृद्धि परीक्षार्थीहरुको परीक्षा आवेदन फाराम भर्नुपर्ने, माघ १६ गतेदेखि माघ मसान्तसम्म सम्बन्धित विद्यालय-क्याम्पसहरुले विलम्ब शुल्क सहितको परीक्षा आवेदन भराउनुपर्नेछ ।

विद्यालय-क्याम्पसहरुले फागुन १५ गतेसम्म बोर्डका सम्बन्धित कार्यालयमा परीक्षा आवेदन फाराम बुझाउनुपर्नेछ ।

२०८० साल वैशाखमा कक्षा १२ को नियमित, आंशिक-ग्रेडवृद्धि एवं कक्षा ११ को (आंशिक-ग्रेड वृद्धि) परीक्षार्थीको वार्षिक परीक्षाको समय तालिका २०७९ माघ मसान्तभित्र प्रकाशन हुने र परीक्षा केन्द्र फागुन मसान्तभित्र निर्धारण गरिनेछ ।

२०७९ चैत मसान्तभित्र विद्यालयहरुलाई विद्यार्थीहरुको प्रवेशपत्र तथा ट्रिप्लिकेट वितरण गरिनेछ ।

अनलाइन खबरबाट

Next Post

नरैनापुरको सोनवर्षा बाँधको प्रजिअ खत्रीले गरे अनुगमन

२०७९ आश्विन २५, मंगलवार १५:४९
बाँके । अविरल वर्षाद्का कारण बाँकेको राप्ती सोनारी गाँउपालिकाको वडा नं ७ र नरैनापुर गाँउपालिकाको वडा नं ६ मा सिक्टाले बनाएको बाध भत्किन थाले पछि स्थानीयहरु त्रासित बनेका छन् । नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहको आग्रहमा मंगलबार प्रमुख जिल्ला अधिकरी सूर्य बहादुर खत्री, प्रहरी उपरिक्षक श्याम कृष्ण अधिकारी, नरैनापुरका […]