भोट माग्दै गायक, कलाकार दर्पण कुसुम्या (प्रदेशी चौधरी)

  ।   २०७९ कार्तिक २०, आईतवार १६:३१

संवाददाता, मधुवन, बर्दिया ।

थारु भाषाका गायक, कलाकार दर्पण कुसुम्या (प्रदेशी चौधरी) ले आफु प्रदेश सभा सदस्यमा निर्वाचित भए कलासंस्कृतिको संरक्षण र विकासका लागी बिशेष पहल गर्ने बताउनुभएको छ ।

अहिले निर्वाचन प्रचार प्रसारका लागी जनताको घरदैलोमा पुगीरहनुभएका प्रदेशीले आफु वास्तविक किसानको छोरा भएकोले कृषि सम्बन्धीका विभिन्न समस्या समाधान गर्न, बजारीकरण, मानव बन्यजन्तु बीचको द्धन्द्धलाई दिगो रुपमा समाधान गर्न, शैक्षिक क्षेत्रमा सुधार, बेरोजगारी समस्या अन्त्य गर्न, स्थानीय कलासंस्कृतिलाई प्रर्वद्धन गरी पर्यटन विकासका संम्भावना खोज्ने, कला र गलाको क्षमता भएकाहरुको ब्यवस्थापन गर्न आफु लागी पर्ने बताउनुभएको छ ।

बर्दियाको मधुवन नगरपालिका वडा नम्बर ३ निवासी ३४ बर्षिय गायक, कलाकार दर्पण कुसुम्या (प्रदेशी चौधरी) लाई नागरिक उन्मुक्ति पार्टीले बर्दिया निर्वाचन क्षेत्र नम्बर २ (१) बाट लुम्बिनी प्रदेश सभा सदस्यको उम्मेदवार बनाएको छ ।

 

Next Post

निशुल्क स्वास्थ्य शिविर संञ्चालन हुदै

२०७९ कार्तिक २०, आईतवार १६:३१
संवाददाता, नेपालगंज । नेपालगंज उपमहानगरपालिका वडा नम्बर १० शोफिया टोलमा रहेको असल छिमेकी सामुदायिक अस्पतालले निशुल्क स्वास्थ्य शिविर संञ्चालन गर्न लागेको छ । अस्पतालले एक सूचना जारी गर्दै यही कार्तिक २६ गतेदेखी कार्तिक २८ गतेसम्म स्वास्थ्य शिविर संञ्चालन गर्न लागेको हो । निशुल्क स्वास्थ्य शिविरमा विशेषज्ञ डाक्टरबाट चेकजाँच सगैं औषधीहरु […]