अफगानिस्तानमा रहेका सबै विदेशी सेना समय सीमाभित्रै फर्किसक्नुपर्छ स् तालिबान

  ।   २०७८ असार २१, सोमबार ०८:३७

काठमाण्डौ । अफगानिस्तानमा रहेका सबै विदेशी सेना समय सीमाभित्रै फर्किसक्नु पर्ने तालिबानले बताएको छ । कूटनीतिक नियोग र काबुलमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षार्थ अमेरिकी फौजसहित एक हजार विदेशी सेना अफगानिस्तानमा बस्न सक्ने खबर सार्वजनिक भइरहेका बेला तालिबानको पछिल्लो भनाइ सार्वजनिक भएको हो ।

आफूहरु विदेशी सैन्य फौजको विरुद्धमा रहेको तालिबानले जनाएको छ। तालिबानसँग भएको सम्झौता अनुसार अमेरिका र उसका सैन्य गठबन्धनले आफ्ना सबै फौज फिर्ता लैजान सहमत भएका थिए । केहि दिनअघि अफगानिस्तानको बाग्राम हवाई अखडाबाट अमेरिका र नेटोका सैनिकहरू बाहिरिएका छन् । योसँगै अफगानिस्तानमा नेटोको २० वर्ष लामो सैन्य मिसनको अन्त्य भएको छ ।

अफगानिस्तानबाट बाहिरिन उत्तर एटलान्टिक सन्धि सङ्गठन, नेटोले आउँदो सेप्टेम्बर महिनासम्म समयसीमा तोकेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले सेप्टेम्बर ११ सम्ममा सबै अमेरिकी सैन्य त्यहाँबाट बाहिरिसक्ने बताउँदै आउनुभएको छ । तर तालिबानले थप क्षेत्रमा पकड बढाउँदै लगेको छ । हिंसाका घटनामा कमी आएको छैन । तर तालिबानका प्रवक्ता सुहेल शाहीनले काबुलमा सैन्य कब्जा गर्नु आफूहरूको नीति नरहेको समेत बताएको बीबीसीले जनाएको छ ।

Next Post

यस्तो छ चीनबाट ४० लाख डोज कोरोनाविरुद्धको खोप ल्याउने तालिका

२०७८ असार २१, सोमबार ०८:३७
काठमाडौं । चीनबाट कोरोनाविरुद्धको खोप ल्याउने उडान तालिका सार्वजनिक भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार डाक्टर राजन भट्टराईले उडान तालिका सार्वजनिक गरेका हुन्। उनका अनुसार चीनबाट ४० लाख डोज खोप ल्याइनेछ। नेपाल एयरलाइन्सलाई उद्धृत गर्दै डाक्टर भट्टराईले सार्वजनिक गरेको तालिकाअनुसार खोप लिन नेपाल एयरलाइन्सको विमान असार २४ गते […]