शहरी क्षेत्रका महिला : खाली जग्गा, घरको छतमै तरकारी फलाउने आँट

  ।   २०७७ फाल्गुन २०, बिहीबार १६:१०

प्रेरणा गिरी, नेपालगंज ।

नेपालगंज उपमहानगरपालिका वडा नम्बर १ का २३ जना महिलाहरु कौसी (करेसाबारी) तरकारी खेती गर्न लागेका छन । उनीहरुले घरवरीपरी खाली रहेको जग्गा र घरको छतमै बिषाधिरहित अर्गेनिक तरकारी फलाउने आँट गरेका हुन ।

उनीहरुको आँट (हिम्मत) लाई देखेर वडा कार्यालयले तरकारीको बीउ तथा गमला, कुटो, हजारी लगायतका कृषि सामाग्री खरिदका भन्दै २५ हजार रुपैंया सहयोग गरेको श्री शान्ति अर्गेनिक शहरी कृषक समूहका अध्यक्ष अमृता गिरीले गुडन्युज खबरलाई जानकारी दिनुभयो ।

बजारबाट तरकारी किनेर खानुभन्दा घरमै आफैले तरकारी फलाउने र खर्च घटाउने उद्देश्यले योजना बनाएका महिलालाई वडाले पनि सहयोग गरेपछि स्थानीय महिलाहरु हौसिएका छन ।

श्री शान्ति अर्गेनिक शहरी कृषक समूहले आफना सदस्यहरुलाई बीउ तथा कृषि सामाग्री वितरण गरिसकेको जनाएको छ ।

(प्रशिक्षार्थी)

Next Post

खुल्ला दुध खरिद विक्री गर्ने ब्यक्ति र कटेज डेरी सँग होसियार

२०७७ फाल्गुन २०, बिहीबार १६:१०
विश्वब्यापी रुपमा फैलिएको कोभिड–१९ को असर दुध तथा दुधजन्य पदार्थमा पनि परेको छ । दुध खपत घट्दा कतिपय किसानहरुको दुध विक्री हुन सकेन । र कतिले समयमा पैसा समेत पाउन सकेका छैन्न । यद्दपी अहिले दुधको बजार विस्तारै बढ्दै गएको सम्बद्ध निकायको भनाई छ । यसै सन्र्दभलाई लिएर साथी प्रेम […]

सम्बन्धित शीर्षक