कक्षा १२ को परीक्षा दसैंअघि सक्ने तयारी

  ।   २०७८ भाद्र ८, मंगलवार ०७:१०

काठमाडौं । विद्यार्थीहरुले कोरोना भाइरस विरुद्धको खोप लगाइरहेकाले कक्षा १२ कोे परीक्षा दसैंअगाडि गर्ने तयारी राष्ट्रिय परीक्षा बोर्डले गरेको छ । यसअघि दुई पटक तय भएर स्थगित हुँदा परीक्षाको तयारीमा रहेका तीन लाख ७४ हजार परीक्षार्थी अन्यौलमा परेका थिएँ ।

परीक्षार्थीमध्ये आठ सय असी जनामात्र अठार वर्ष भन्दा कम उमेरका रहेकाले धेरैले खोप लगाउने वातावरण बनेको छ । त्रिभुवन विश्वविद्यालय, लोकसेवा आयोग, चिकित्सा शिक्षा आयोग सिटीइभिटीको परीक्षा नरोकिएकाले कक्षा १२ को परीक्षा पनि गर्न लागिएको बोर्डका सदस्य सचिव दुर्गा अर्यालले जानकारी दिनुभयो । बोर्डले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले स्वीकृति कुरिरहेको छ।

Next Post

कांग्रेसको क्रियाशील सदस्यता विवाद अन्त्य, विवाद समाधान समितिले बुझायो प्रतिवेदन

२०७८ भाद्र ८, मंगलवार ०७:१०
काठमाडौं । लामो समयदेखि विवादमा रहेको सत्तारुढ दल नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद अन्त्य भएको छ । कांग्रेसको क्रियाशील सदस्यता विवाद समाधान समितिले प्रतिवेदन बुझाएसँगै विवाद अन्त्य भएको हो । सोमबार साँझ समितिका सदस्यहरूबीचको बैठक सम्पन्न भएपछि प्रधानमन्त्रीसमेत रहनुभएका सभापति शेरबहादुर देउवालाई समितिले प्रतिवेदन बुझाएको हो । गत साउन ३० […]