कांग्रेसको क्रियाशील सदस्यता विवाद अन्त्य, विवाद समाधान समितिले बुझायो प्रतिवेदन

  ।   २०७८ भाद्र ८, मंगलवार ०७:१२

काठमाडौं । लामो समयदेखि विवादमा रहेको सत्तारुढ दल नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद अन्त्य भएको छ । कांग्रेसको क्रियाशील सदस्यता विवाद समाधान समितिले प्रतिवेदन बुझाएसँगै विवाद अन्त्य भएको हो ।

सोमबार साँझ समितिका सदस्यहरूबीचको बैठक सम्पन्न भएपछि प्रधानमन्त्रीसमेत रहनुभएका सभापति शेरबहादुर देउवालाई समितिले प्रतिवेदन बुझाएको हो । गत साउन ३० गते पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा क्रियाशील सदस्यता विवाद समाधान समिति गठन गरिएको थियो ।

नेताहरू डा। मीनेन्द्र रिजाल र रमेश लेखक सदस्य रहेको समितिलाई भदौ २ गते क्रियाशील सदस्यता विवरण बुझाउन समय सीमा तोकिएकोमा ढिलो गरी समितिले सोमबार बुलुकी मात्रै प्रतिवेदन बुझाएको हो ।

यसअघिको छानविन समितिले अधिकांश जिल्लाको विवाद समाधान गरे पनि बारा, सप्तरी, धनुषा–४ सर्लाही–२ लगायतमा भने समाधान गर्न सकेको थिएन । जसको लागि सिटौला नेतृत्वको नयाँ समिति गठन गरेर विवाद समाधानको जिम्मा दिइएको थियो । कांग्रेसको १४औँ महाधिवेसन कार्यतालिका अन्तर्गत यहि भदौ १८ गते वडा अधिवेसनको कार्यतालिका रहेको छ ।

Next Post

तालीवानले घानीलाई माफी दिने, स्वदेश फर्कन आग्रह

२०७८ भाद्र ८, मंगलवार ०७:१२
एजेन्सी । अफगानिस्तानको सत्ता कब्जा गरेको तालिवानले देशबाट भागेका राष्ट्रपति असरफ घानी र उपराष्ट्रपति अमरुल्ला सालेहलाई देश फर्कन आग्रह गरेको छ । तालीवानका बरिष्ठ नेता तथा हक्कानी नेटवर्कका प्रमुख खलील उरंहमान हक्कानीले राष्ट्रपति, उपराष्ट्रपति र सुरक्षा सल्लाहकार हमदुल्ला मोहिवलाई माफी दिएको घोषणा गर्दै देश फर्कन आग्रह गरेको हो । यस्तै […]