तालीवानले घानीलाई माफी दिने, स्वदेश फर्कन आग्रह

  ।   २०७८ भाद्र ८, मंगलवार ०७:१४

एजेन्सी । अफगानिस्तानको सत्ता कब्जा गरेको तालिवानले देशबाट भागेका राष्ट्रपति असरफ घानी र उपराष्ट्रपति अमरुल्ला सालेहलाई देश फर्कन आग्रह गरेको छ ।

तालीवानका बरिष्ठ नेता तथा हक्कानी नेटवर्कका प्रमुख खलील उरंहमान हक्कानीले राष्ट्रपति, उपराष्ट्रपति र सुरक्षा सल्लाहकार हमदुल्ला मोहिवलाई माफी दिएको घोषणा गर्दै देश फर्कन आग्रह गरेको हो ।

यस्तै हक्कानीले आफुहरु बिरुद्धको युद्धमा अफगान सेनाको नेतृत्व लिएका जर्नेलसहित सवै सैनिकलाई पनि माफी दिइएको घोषणा गरेका छन् ।

आफुहरु बिरुद्ध युद्ध लड्ने जो कोहीलाई बदला लिने जनाएको तालीवानले पछिल्लो समय निर्णय फेर्दै माफी दिने घोषणा गरेको हो ।

तालिवान नेताले घानीलगायत उच्च पदस्थ ब्यक्तिहरु स्वदेश फर्केमा भब्य स्वागत गर्ने पनि बताएका छन् । उता अफगान राष्ट्रपति घानीका भाई ऐहशमत गनीले तालीवानलाई साथ दिने बताएका छन् ।

तालीवान नेता मुफ्ती महमुद जाकिरको उपस्थितीमा उनले तालीवानलाई साथ दिने वचन दिएका हुन् ।

Next Post

राष्ट्रिय क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक, डिजाइनकर्ताले पाए एक लाख रुपैंया पुरस्कार, ओमान भ्रमणमा जर्सी लगाइने

२०७८ भाद्र ८, मंगलवार ०७:१४
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) र नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजक माई सेकेन्ड टिचर (एमएसटी) ले सोमबार राष्ट्रिय टिमले लगाउने नयाँ जर्सी सार्वजनिक गर्नुभएको हो । क्यानका कोषाध्यक्ष रोशन कुमार सिंह र एमएसटी संस्थापक सुलभ बुढाथोकीले जर्सी सार्वजनिक […]