बंगलादेश अमेरिकाले अघि सारेको इन्डो प्यासिफिक स्ट्राटेजी अन्तर्गत कुनै पनि किसिमको सुरक्षा सहकार्यमा संलग्न नहुने बताएको छ ।
बंगलादेशका विदेश मन्त्री एके अब्दुल मोमेनले पत्रकारसँग कुरा गर्दै सरकारको धारणा सार्वजनिक गर्नुभएको चिनियाँ समाचारसंस्था सिन्ह्वाले जनाएको छ ।
अमेरिकी अधिकारीले आफूलाई सम्पर्क गरी भारत–प्रशान्त क्षेत्रमा कडा सुरक्षा कार्यक्रम सञ्चालन गर्ने योजनालाई अघि सार्ने प्रस्ताव राखेको भन्दै मन्त्री मोमेनले अमेरिकाको प्रस्ताव आफूले खारेज गरेको बताउनुभयो ।
उहाँले आफूहरु सुरक्षित रहेकोले बंगलादेश सरकारले सुरक्षा नीतिका बारेमा भन्दा आर्थिक विकास र पूर्वाधार विकासमा प्राथमिकता दिइरहेको बताउनुभएको सिन्ह्वाले जनाएको छ ।