करिब ५ लाख मानिसले उत्तरी गाजा छाडे : आईडीएफ

  ।   २०८० आश्विन २९, सोमबार १९:५९

नेपालगन्ज । इजरायली सेना (आईडीएफ) ले उत्तरी गाजाबाट करिब ५ लाख मानिसले सहर छाडेको जनाएको छ । आईडीएफका प्रवक्ता लेफ्टिनेन्ट कर्नल जोनाथन कोनरिकसले उत्तरी गाजाबाट करिब पाँच लाख मानिसलेसहर छाडेको र हमासले उत्तरी क्षेत्र छोड्न चाहनेहरूका लागि कठिनाइ सिर्जना गरिरहेको दाबी गर्नुभएको हो ।

आईडीएफले नागरिकहरूका लागि दुईवटा सुरक्षित निकासी मार्गहरू सिर्जना गरेको र सैन्य अपरेशन अगाडि बढ्दै जाँदा गाजा शहरमा नागरिकहरू बस्न असुरक्षित हुने उउहाँको भनाई छ। यद्यपि इजरायली सेनाले सुरक्षित उद्धारको घोषणा गरेको बाटोमा शुक्रबार भएको बम विस्फोटमा ७० जनाको मृत्यु भएको थियो ।

कोनरिकसलाई सो विस्फोटको बारेमा सोध्दा , उहाँले आईडीएफले सक्रिय रूपमा नागरिकहरूलाई लक्षित नगर्ने बताउनुभयो । तर, प्रेस ब्रिफिङका क्रममा उहाँले कारबाहीमा सर्वसाधारणको हताहत पूर्ण रूपमा रोक्न नसकिने संकेत पनि गर्नुभएको थियो ।

Next Post

छुट्टाछुट्टै छलफलमा बाँकेका नयाँ प्रजिअ पोखरेल र प्रहरी प्रमुख बोहरा

२०८० आश्विन २९, सोमबार १९:५९
नेपालगन्ज । जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय बाँकेमा सरुवा भई आउनुभएका प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकले जिल्लास्थित राजनीतिक दलका नेता, पत्रकार र सद्भाव समितिसँग छुट्टाछुट्टै छलफल गर्नुभएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेको प्रमुखका रुपमा इलामबाट सरुवा भई आउनुभएका प्रजिअ श्रवणकुमार पोखरेल र गृह मन्त्रालय प्रहरी प्रशासन […]

सम्बन्धित शीर्षक