विद्यार्थीका बिचमा लुम्बिनी प्रदेशका सांसद काफ्ले

  ।   २०८० श्रावण २, मंगलवार २१:१९

नेपालगन्ज । लुम्बिनी प्रदेश समानुपातिक सांसद अम्बिका काफ्लेले विद्यार्थीहरुलाई संघीयता सम्बन्धि सिकाउनु भएको छ । सांसद काफ्लेले आज मंगलबार नेपालगन्ज-१९ शान्तिनगर स्थित ब्रीटिस अग्रेजी स्कुलका माध्यमिक स्तरीय विद्यार्थीहरुसँग सामाजिक अध्ययन बिषयको संघीयता शिर्षक पाठका सम्बन्धमा छलफल गर्नुभएको हो ।       
सांसद काफ्लेले राजनीतिक दल भनेको के हो ?  संघीयता के हो ?संघीय र प्रदेश सरकारका काम कर्तव्यहरु के के हुन ? बजेट भनेको के हो ?  संघीयताका फाईदा र बेफाइदाको बारेमा छलफल गर्नु भएको थियो। विद्यार्थीहरुले निकै उत्सुकता पुर्वक सुनेको सो विद्यालयका प्रधानाध्यापक हेमन्त काफ्लेले बताउनु भयो । विद्यार्थीका कौतुहल्ता मेट्ने र प्रदेश र संघको बारेमा जानकारी दिलाउन सांसद काफ्लेलाई बिधालयमा बोलाएको बिधालयका प्रधानाध्यापक हेमन्त राज काफ्लेले बताउनु भयो ।   
विद्यार्थीहरुले आफ्नो देश, आफ्नो भूगोल , आफ्नो प्रदेश सांसदको बारेमा बुझ्नु पर्छ र यसरी विद्यार्थीलाई प्रत्येक्ष भेटेर आफ्नै काम कर्तव्यका बारेमा सिकाउन पाउँदा आनन्द लागेको सांसद काफ्लेले बताउनु भयो । १० कक्षाका सिमरन पौडेलले आफुनो प्रदेश र संघको काम कर्तव्यको बारेमा लागेको खुल्दुली मेटिएको र संघीयताका फाईदा बेफाइदा र बजेट के हो ? कसरी बनाईन्छ ?, मुख्य मन्त्री कसरी छानिन्छ ?  मन्त्रीहरुको काम कर्तब्यको बारेमा सिक्न पाएको नयाँ अनुभव भएको सुनाउनु भयो त्यस्तै  १० कक्षा कै छात्र रमेश ओलिले आफुले प्रदेशको काम कर्तव्य र संघीय सरकारको बारेमा जानकारी पाएकोले निकै खुशी भएको बताउनु भयो ।     
यसरी आफ्ना जनप्रतिनिधिहरुलाई प्रत्येक्ष विद्यार्थीहरुसँग भेट गराएर उनका मनमा जागेका अनेकौ खुल्दुली मेटाउने र  विद्यार्थीलाई प्रेरणा मिल्ने प्रधानाध्यापक काफ्लेले बताउनु भयो । प्रअ काफ्लेका अनुसार यस खालका कक्षा पटक पटक गर्न सके विद्यालयलाई नै फाइदा हुने बताउनु भयो ।   

Next Post

त्रिभुवन विमानस्थलबाट एक क्विन्टल सुन बरामद

२०८० श्रावण २, मंगलवार २१:१९
काठमाडौं । राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक क्विन्टल सुन बरामद गरेको छ। हङकङबाट आएको सुनसहित विभागको टोलीले एजेन्ट र भरियालाई पक्राउ गरेको हो। सुन ट्याक्सीमा राखेर एयरपोर्टबाट बाहिरिने क्रममा विशेष सूत्रको सूचनाका आधारमा विभागले सुनसहित दुईजनालाई पक्राउ गरेको हो। यो अपरेसन बुधबार बिहान ११ बजेतिरको हो। अध्यागमन र […]