माओवादी केन्द्रले सरकारमा पठाउने मन्त्री टुंगो लगाउला ?

  ।   २०७८ श्रावण १८, सोमबार ०७:२३


काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज बस्दै छ । आजको बैठकले माओवादी केन्द्रले सरकारमा पठाउने मन्त्रीको टुंगो लगाउने बताइएको छ ।

“पार्टीले आज माओवादीका तर्फबाट मन्त्री टुंगो लगाएर भोलिसम्ममा मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी रहेको छ,” माओवादी केन्द्रका एक स्थायी कमिटी सदस्यले भन्नुभयो ।

आइतबारको स्थायी कमिटी बैठकपछि प्रवक्ता नाराणकाजी श्रेष्ठले नेकपा एमालेको माधव नेपाल समूहले सरकारमा जाने–नजाने निर्णय गर्न केही समय पर्खन भनेकाले ढिलाइ भएको र अब छिट्टै मन्त्रिपरिषद् विस्तार हुने बताउनु भएको थियो ।

आइतबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माधवकुमार नेपाल पक्ष तत्काल सरकारमा सहभागी हुने सम्भावना नदेखिएको ‘बिफ्रिङ’ गर्नुभएको थियो । त्यसैले अब मन्त्रालय भागबण्डा गरेर सरकारलाई पूर्णता दिने पक्षमा माओवादी केन्द्र पुगेको हो । त्यसैले आजको बैठकले माओवादी केन्द्रले सरकारमा पठाउने मन्त्रीको टुंगो लगाउने नेताहरुले बताएका छन् ।

Next Post

नयाँ श्रम कानून कार्यन्वयनमा आए सातामा ३ विदा

२०७८ श्रावण १८, सोमबार ०७:२३
संवाददाता । भारतमा नयाँ श्रम कानून लागु गर्ने तयारी गरिएको छ । यो कानून कार्यन्वयनमा आए १ सातामा ४ दिन मात्र काम गर्नुपर्नेछ । र ३ दिन पुरै विदा पाईने छ । प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले यो कानून आगामी अक्टुबर १ देखी लागु गर्न सक्नेछ । यो नयाँ कानून […]

सम्बन्धित शीर्षक