आज देशका केही स्थानमा ‘धेरै भारी’ वर्षा हुने

  ।   २०७८ भाद्र ९, बुधबार ०६:२७

काठमाडौं । देशभर अहिले सामान्यदेखि पूर्ण बदली रहेको छ ।

प्रदेश नम्बर–१, प्रदेश नम्बर–२, वाग्मती र गण्डकी प्रदेशका केही स्थानहरू तथा अरू प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ ।

हाल नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको तराई भू–भागको केही नजिक रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

प्रदेश–१, प्रदेश–२, वाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना छ ।

आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

प्रदेश–१, प्रदेश–२, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना छ । गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरूमा ‘धेरै भारी’ वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Next Post

प्रस्तावित नेकपा (एकीकृत समाजवादी)का नेताहरूको सनाखत आज

२०७८ भाद्र ९, बुधबार ०६:२७
काठमाडौं । निर्वाचन आयोगले प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीका नेताहरूको सनाखतका लागि आजको समय तोकेको छ । बिहान साढे ११ देखि दिउँसो २ बजेसम्म आवश्यक संख्यामा सांसद/केन्द्रीय सदस्य उपस्थित भएर सनाखत गर्नुपर्ने हुन्छ । सशरीर उपस्थित भएर सनाखत गर्नुपर्ने आयोगले जनाएको छ । प्रस्तावित उक्त पार्टीका नेताहरू मंगलबार पनि काठमाडौंको […]

सम्बन्धित शीर्षक