आज पूर्वका एक/दुई ठाउँमा ठूलो पानी पर्ने

  ।   २०७७ आश्विन ११, आईतवार ०८:३३

काठमाण्डौ । आज पूर्वका एक/दुई ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् ।

गएको मंगलबारदेखि देशभरि नै पानी पारेको प्रणाली कमजोर हुँदै गएकाले आज पूर्वबाहेकका ठाउँको मौसम खुल्दै बादल लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् समिर श्रेष्ठका अनुसार आज प्रदेश १ का एक/दुई ठाउँमा ठूलो पानी पर्ने र अरु प्रदेशका थोरै ठाउँमा बेलुकीतिर हल्कादेखि मध्यम खालको पानी पर्ने संभावना छ ।

यसैबीच नेपालबाट मनसुन बाहिरिन अझै एक हप्ता लाग्ने मौसमविद्ले अनुमान गरेका छन् । पाकिस्तान र भारतको राजस्थानबाट नै मनसुन नबाहिरिएकाले नेपालमा अझै कम्तीमा एक हप्ता मनसुन रहिरहने मौसमविद् श्रेष्ठले जानकारी दिनुभयो ।

यो वर्ष लानेन्या प्रणाली चलेकाले मनसुनमा धेरै स्टेशनमा औसतभन्दा धेरै पानी परेको उहाँले बताउनुभयो । उहाँका अनुसार लानेन्या प्रणाली सक्रिय हुँदा नेपालमा धेरै पानी पर्छ भने एलनिनो प्रणाली चल्दा थोरै पानी पर्छ ।

Next Post

अनौपचारिक शिक्षा एवं शिक्षण पद्धतिमा देखिएका केही त्रुटीहरू

२०७७ आश्विन ११, आईतवार ०८:३३
— राकेश प्रसाद चौधरी नेपालका हरेक नागरिकसम्म शिक्षाको पहुँच सहज बनाउन संविधानको मौलिक हक मै यसको ब्यबस्था गरेको छ । विद्यालयस्तरीय शिक्षाबाट आर्थिक विपन्नता, विद्यालयसम्मको दूरी, घरायसीसहितका कामले बालिकामात्र नभई बालकहरु समेत वन्चितहुने गरेका छन् । विद्यार्थी जीवनबाट वन्चित,विपन्न समूहलाई राज्यले एवं राज्यसँग सहकार्य गरि गैरसरकारी संस्थाहरुले साक्षर हुने अवसर […]