परीक्षार्थीलाई ध्यान दिँदै लामो दूरीका गाडी सञ्चालनको तयारी

  ।   २०७८ श्रावण ८, शुक्रबार ०७:२५

काठमाण्डौ । गृह मन्त्रालयले जनस्वास्थ्यको मापदण्ड पालना हुने गरी मध्यम तथा लामो दूरीका सार्वजनिक गाडी सञ्चालनमा सहजीकरण गर्ने भएको छ ।

लोकसेवा आयोग, विश्वविद्यालय तथा कक्षा १२ को समेत परीक्षाको तालिका सार्वजनिक भएकाले देशका विभिन्न भागबाट परीक्षार्थीको आवागमनलाई ध्यान दिँदै गाडी सञ्चालनमा सहजीकरण गर्न लागिएको मन्त्रालयले जनाएको छ । यसका लागि मन्त्रालयले प्रहरी प्रधान कार्यालय र सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ ।

लामो दूरीको सार्वजनिक यातायात सञ्चालनबारे आज टुङ्गो लगाउने तयारी छ । यसअघि काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अत्यावश्यक काम विशेषले काठमाण्डौ उपत्यका प्रवेश गर्ने सार्वजनिक तथा निजी गाडीलाई आवतजावत गर्न दिइने निर्णय गरेको थियो । तर, लामो दूरीको यातायात सञ्चालन गर्नेबारे निर्णय भएको थिएन ।

Next Post

प्रतिनिधि सभा बैठक बस्दै

२०७८ श्रावण ८, शुक्रबार ०७:२५
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ। आज दिउँसो १ बजेका लागि प्रतिनिधि सभा बैठक बस्ने तय भएको संघीय संसद सचिवालयले जानकारी दिएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत प्राप्त गरेपछि पहिलोपटक आज बैठक बस्न लागेको हो। देउवाले साउन ३ गते प्रतिनिधि सभाबाट विश्वासको मत पाउनु भएको थियो । उहाँलाई […]

सम्बन्धित शीर्षक