फिफा वरीयतामा नेपाल जहाँको त्यहीँ

  ।   २०७७ आश्विन १, बिहीबार २२:१९

काठमाण्डौ । विश्व फुटबल महासङ्घ (फिफा) ले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल यथावत् स्थानमै रहेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १७० औँ स्थानमै रहेको हो । गएको महिना पनि नेपाल यही स्थानमा रहेको थियो ।

त्यस्तै नेपाल दक्षिण एसियाली राष्ट्रको तेस्रो स्थानमा रहँदा नेपालभन्दा अघि भारत र माल्दिभ्स रहेका छन् । यो महिना एक स्थान घटुवा भएको भारत १०९ औँ स्थानमा छ भने माल्दिभ्स १५५ औँ स्थानमा छ ।

नेपालभन्दा तल भुटान, बङ्गलादेश, श्रीलङ्का र पाकिस्तान छन् । भुटान १८९ औँ, बङ्गलादेश १८७ औँ, श्रीलङ्का २०६ औँ र पाकिस्तान २०० औँ स्थानमा छन् ।

नयाँ वरीयताको शीर्ष स्थानमा बेल्जियम यथावत् रहेको छ भने फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, इङ्ग्ल्याण्ड चौथो तथा पोर्चुगल पाँचौ स्थानमा रहेका छन् । पोर्चुगल भने दुई स्थान उक्लिएर पाँचौ स्थानमा पुगेको हो ।

एक स्थान तल झरेको उरुग्वे छैटौँ, स्पेन सातौँ, क्रोएशिया आठौँ, अर्जेन्टिना नवौँ र कोलम्बिया दशौँ स्थानमा रहेका छन् । उज्यालो अनलाइन

Next Post

नेकपा नेपालगन्जद्वारा ४१ पल्स अक्सिमिटर भेरी अस्पताललाई

२०७७ आश्विन १, बिहीबार २२:१९
योगेश पाण्डे नेपालगञ्ज ।   नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेपालगन्ज उप–महानगरपालिका कमिटीले भेरी अस्पताल कोभिड-१९ आइसोलेसन केन्द्रलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । कमिटीले  ४१ वटा पल्स अक्सिमिटर भेरीलाई प्रदान गरेको हो । अक्सिमिटर अभाव भएको बेला नेकपा नेपालगन्जले उदाहरणीय काम गरेको भन्दै अस्पताल विकास समिति अध्यक्ष प्रमोद कुमार धितालले प्रशंसा […]