नेपालगञ्ज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेपालगन्ज उप–महानगरपालिका कमिटीले भेरी अस्पताल कोभिड-१९ आइसोलेसन केन्द्रलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । कमिटीले ४१ वटा पल्स अक्सिमिटर भेरीलाई प्रदान गरेको हो ।
अक्सिमिटर अभाव भएको बेला नेकपा नेपालगन्जले उदाहरणीय काम गरेको भन्दै अस्पताल विकास समिति अध्यक्ष प्रमोद कुमार धितालले प्रशंसा गर्नु भयो । कोभिड संक्रमितहरुलाइ लक्षित राहत दिने शुभचिन्तक, पार्टी कार्यकर्ता अध्यक्ष डिल्ली बरालले धन्यवाद दिनुभयो भने नेकपा नगर सचिब दत्त प्रसाद आचार्यले यस्ता रचनात्मक काम गर्न नगर पार्टी लागि परेको भन्दै यस्तो महासंकटको बेला सबै जनाले हस्तेमा हैसे गर्नु पर्छ भन्नुभयो ।
नेपालगन्ज नगर कमिटी अध्यक्ष डिल्ली प्रसाद बरालको अध्यक्षतामा भएको कार्यक्रममा नगर कमिटी इन्चार्ज अक्कल बहादुर बम,सचिव दत्तप्रदाद आचार्य लगायत नगर कमिटी सदस्यहरु,भेरी अस्पताल बिकास समिति अध्यक्ष प्रमोद धिताल लगायत समिति सदस्यहरु,भेरी अस्पतालका मेसु डा. प्रकाश थापा ,भेरी अस्पताल कोभिड–१९ आइसोलेसन केन्द्रका प्रमुख डा. श्यामसुन्दर यादव ,नर्सिङ इन्चार्ज लगायतको उपस्थितिमा स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो ।भेरी अस्पताल बिकास समिति सदस्य कृष्णप्रसाद श्रेषठले अस्पताललाई सुविधा सम्पन्न र स्तरीय बनाउन लागिएको बताउनुभयोे ।