फेरी बुटवल राजधानी सार्ने एमाले, काग्रेंस नेताको खेल

  ।   २०७९ कार्तिक २५, शुक्रबार १०:५२

संवाददाता, नेपालगंज

नेकपा एमालेका उपाध्यक्ष, नेता विष्णु पौडेलले मंसिर ४ को निर्वाचन पछि लुम्बिनी प्रदेशको राजधानी सच्याउदै बुटवल नै कायम गरिने दाबी गर्नुभएको छ ।

आज आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सन्दर्भमा हिमालय टेलिभिजनले आयोजना गरेको चुनावी बहसको पाँचौ श्रृंखलामा बोल्दै उहाँले यस्तो दाबी गर्नुभएको हो ।

पौडेलले भन्नुभयो, ‘मेटन मिल्ने मार्कर पेन, चकले लेखेको छ, त्यसलाई डस्टरले मिट्न सकिन्छ । ठुलो कुरा छैन ।’ गृहमन्त्री तथा नेपाली काग्रेंसका नेता बालकृष्ण खाँणले पनि अब आउने प्रदेश संसदले बुटवल नै राजधानी बनाउने बताउनुभयो ।

हेर्नुहोस् भलबारी बुटवलबाट भएको प्रत्यक्ष बहस…

 

Next Post

कर्णाली एकता समाजले बाँके २ (ख) का उम्मेदवार अकल बहादुर बमलाई सहयोग गर्ने

२०७९ कार्तिक २५, शुक्रबार १०:५२
संवाददाता । मंसिर ४ को निर्वाचनमा कर्णाली एकता समाजले बाँके निर्वाचन क्षेत्र नम्बर २ (ख) का उम्मेदवार अकल बहादुर बमलाई सहयोग गर्ने भएको छ । रेडियो मर्निङ्ग स्टार ९० मेगाहर्जलाई प्राप्त विवरण अनुसार राजनीतिक पार्टी, ब्यक्ति भन्दा पनि कर्णालीबासीलाई हरेक सुखदुखमा साथ नीति अनुरुप उम्मेदवार बमलाई यसपटकको निर्वाचनमा सहयोग गर्न […]

सम्बन्धित शीर्षक