भर्चुअल कक्षाको पढाईमा सोफियाका बालबालिका

भर्ना कार्यक्रम शुरु

  ।   २०७७ आश्विन २४, शनिबार १९:१९

सुर्य प्रसाद धिताल, नेपालगंज ।
बढ्दो कोभिड–१९ को जोखिमका कारण लामो समयदेखी विद्यालयहरु बन्द छन । तर बाँके सहित देशका केही ठाउँमा सिमित संख्याका केही विद्यालयले मात्र भर्चुअल अनलाइन कक्षाको शुरुवात गरिरहेका छन ।

इन्टरनेटको पहुँच पुगेका विद्यालयहरुले शुरु गरेको भर्चुअल कक्षाको पढाईमा बालबालिकाहरु रमाएर अध्ययन गर्न थालेका छन् । नेपाल सरकारले पनि माहामारीका बेला बैकल्पिक माध्यमबाट पढाई गर्न भनिरहेको छ ।

यसैबीच बाँकेको नेपालगंज १० स्थित सोफिया रेसिडेन्टीयल इंगलिस स्कुलले पनि एक महिनादेखि नियमित भर्चुअल कक्षा चलाई रहेको छ ।

स्कुलले अनलाइन माध्यमबाट पढाउन शुरु गरेपछि फुर्सदिला भएका बालबालिकाहरु पढाईमा लागेको अभिभावक फिरदौस जहाँले बताउनुभयो ।

माहामारीका बेला सोफिया स्कुलले भर्चुअल अनलाइन कक्षाको शुरुवात गरेपछि आफना छोराहरुले नियमित सहभागी भई पढिरहेको अर्का अभिभावक दिवाकर गुप्ताले बताउनुभयो ।

कोभिड–१९ का कारण विद्यालय खुल्ने समय अनिश्चित हुर्दै गएपछि एक महिना सम्म स्कुलका शिक्षक–शिक्षिकालाई अनलाइन टीचिंगको तालिम दिएर पढाई शुरु गरेको प्रिन्सीपल सुशिला बसेलले बताउनुभयो ।

उहाँले अनलाइन कक्षा सञ्चालन गरिएपछि अभिभावक र विद्यार्थि दुबैबाट सकारात्मक प्रतिक्रिया पाएको पनि जानकारी दिनुभयोे ।

यस क्षेत्रकै उत्कृष्ट विद्यालय मध्येको एक सोफिया स्कुलले भर्खरै मात्र विद्यार्थी भर्ना कार्यक्रम पनि शुुरु गरेको छ ।

 

Next Post

बाँकेमा १ हजार ८ सय ९ जना संक्रमित डिस्चार्ज

२०७७ आश्विन २४, शनिबार १९:१९
बाँके जिल्लामा उपचाररत १ जना कोरोना सङ्क्रमितको शनिबारराति मृत्यु भएको छ । नेपालगंज उप–महानगरपालिका वडा नम्बर १० ट्राफिक चोक निवासी ८४ वर्षीय पुरुषको मृत्यु भएको हो । यस्तै कोहलपुर नगरपालिका ८ गोल्छा निवासी ७१ बर्षिया महिलाको पनि मृत्युभएको छ । यो सगैं बाँकेमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २६ जना […]

सम्बन्धित समाचार