विश्वका ६० मुलुकमा देखियो कोरोनाको नयाँ प्रकार : डब्ल्यूएचओ

  ।   २०७७ माघ ७, बुधबार १७:५०


काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरस (कोभिड– १९) को नयाँ प्रकार (भेरियन्ट) कम्तीमा ६० मुलुकमा फैलिसकेको बताएको छ । पछिल्लो एक सातामा मात्र थप १० मुलुकमा कोरोनाको नयाँ प्रकार फैलिएको डब्ल्यूएचओले बताएको छ ।

डब्ल्यूएचओले बुधबार दिएको जानकारीअनुसार बेलायतबाट फैलिएको कोरोनाको नयाँ प्रकारको कारण विश्वभर कोरोना संक्रमण पनि बढेको छ । अहिलेसम्म कोरोनाबाट विश्वभर २० लाख मानिसको मृत्यु भइसकेको छ । नयाँ प्रकारको कोरोना फैलिएसँगै अहिले धेरै मुलुकहरु समस्यामा परेका छन् । अहिले धेरै मुलुक कोरोना विरुद्धको खोप धेरै मानिसहरुमा पुगेपछि संक्रमण नियन्त्रणमा आउने आशामा छन् ।

डब्ल्यूएचओका अनुसार बेलायतमा देखिएको कोरोनाको नयाँ प्रकारजस्तै दक्षिण अफ्रिकाबाट फैलिएको कोरोनाको अर्को प्रकार पनि अहिलेसम्म विश्वका २३ मुलुकमा फैलिसकेको छ । डब्ल्यूएचओका अनुसार पछिल्लो एक सातामा विश्वभर कोरोनाको कारण ९३ हजारको मृत्यु भएको छ । एकैसातामा मृत्यु हुनेको यो संख्या अहिलेसम्मकै सबैभन्दा बढी हो । यो अवधिमा ४७ लाख मानिसमा कोरोना संक्रमण देखिएको छ ।

बेलायतमा पाइएको कोरोनाको नयाँ प्रकार साधारण प्रकारको तुलनामा ५० देखि ७० प्रतिशतसम्म बढी संक्रामक हुने विशेषज्ञहरुले बताउँदै आएका छन् । -Onlinekhabar

Next Post

कोरोनाविरुद्धको खोपको १० लाख डोज आज काठमाण्डौ आइपुग्ने

२०७७ माघ ७, बुधबार १७:५०
काठमाण्डौ । भारतबाट कोरोनाविरुद्धको खोपको १० लाख डोज आज काठमाण्डौ आइपुग्दै छ । अक्सफोर्ड र एस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको ‘कोभिसिल्ड’ खोप नेपाल आउन लागेको हो । स्वास्थ्य मन्त्रालयकाअनुसार भारतले दिने खोप आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा औपचारिक रूपमा नेपाललाई हस्तान्तरण हुनेछ । एयर इन्डियाको विमानबाट कोरोनाविरुद्धको खोप […]