सर्वोच्चले ग¥यो सरकारको निवेदन खारेज : अब कोरोना परीक्षणको कुनै शूल्क लिन नपाउने !

  ।   २०७७ कार्तिक २०, बिहीबार १६:२२

सर्वोच्च अदालतको कोरोना परीक्षण निःशूल्क गर्नु भन्ने परमादेश पुनरावलोकन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको पुनरावलोकनको निवेदन खारेज भएको छ ।

आज सर्वोच्च अदालतका न्यायाधीशहरु हरिकृष्ण कार्की, सपना मल्ल प्रधान र पुरुषोत्तम भण्डारीको पूर्ण इजलासले गत असोज १५ गते जारी भएको परामदेश नै अन्तिम हुने फैसला सुनाउँदै सरकारी निवेदन खारेज गरेको हो ।

यो फैसलासँगै कोरोना परीक्षणवापत शूल्क लिने काम अवैध भएको छ । अधिवक्ता लोकेन्द्र बहादुर ओली र केशरजंग केसीले कोरोना संक्रमण परीक्षणको शूल्क लिनु गैरकानूनी भएको भन्दै सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।

गत असोज १५ गते सर्वोच्चले निजी तथा सरकारी स्वास्थ्य संस्थाबाट शूल्क लिएर कोरोना परीक्षण गर्नु कानून विपरित रहेको भन्दै निःशूल्क गर्न सरकारको नाममा परमादेश जारी गरेको थियो ।

सो फैसलाविरुद्ध गत कार्तिक १७ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले महान्यायाधिवक्ताको कार्यालयमार्फत सर्वोच्चको परमादेश पुनरावलोकनको मागसहित निवेदन दर्ता गर्नुभएको थियो ।

सर्वोच्चको आजको आदेशसँगै सरकारका लागि सबै कानूनी ढोका बन्द भएको छ भने अब कोरोना परीक्षण निःशूल्क गर्नुपर्ने भएको छ ।

अदालतको फैसलापछि प्रतिक्रिया दिँदै अधिवक्ता लोकेन्द्रबहादुर वलीले भन्नुभयोे– ‘सरकारका लागि अब कानूनी उपचारका सबै ढोका बन्द भएको छ ।

यो फैसलाले हामी हर्षित छौं । यो देशमा कानूनको शासन र न्याय छ भन्ने ठूलो भरोसा भएको छ । सरकारले गरेको कोभिड सम्बन्धि अपराधलाई रोक्न यो फैसलाले ठूलो मद्धत पुर्याएको छ ।’

उहाँले कोरोना परीक्षण र उपचार खर्च अब सरकारले नै बेहोर्नुपर्ने उल्लेख गर्नुभएको छ ।

कोरोना संक्रमण परीक्षणका लागि सरकारी प्रयोगशालाहरुले अधिकतम २ हजार रुपैयाँ र निजी प्रयोगशालाहरुले ४ हजार रुपैयाँसम्म लिँदै आएका छन् ।

रातोपाटीबाट

Next Post

फेरि सर्‍यो कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

२०७७ कार्तिक २०, बिहीबार १६:२२
काठमाण्डौ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक फेरि सरेको छ । यही शुक्रबार दिउँसो १ बजेका लागि तय भएको बैठक सोमबार दिउँसो १ बजेका लागि सारिएको कांग्रेसका मुख्य सचिव कृष्ष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । बैठकमा कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यलाई अनिवार्य सहभागी हुन कांग्रेसले आग्रह गरेको छ […]