मानव बेचबिखन न्यूनीकरणमा जिम्मेवार निकायहरूको भूमिका अहम रहेको ठहर

  ।   २०८२ जेष्ठ ३०, शुक्रबार १३:३१

नेपालगन्ज । बाँके युनेस्को क्लब र बर्दिया मधुवन नगरपालिकाको संयुक्त आयोजना तथा प्लान इन्टरनेशनल नेपालको साझेदारीमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा सरोकारवालाहरूको भूमिका सम्बन्धी अन्तरक्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।

क्लबद्धारा सञ्चालन गरिएको सुरक्षा परियोजना अन्तर्गत सो अन्तरक्रिया आयोजना गरिएको हो ।

कार्यक्रममा मधुवन नगरपालिकाका उपमेयर अनिता चौधरी, वडाध्यक्षहरू, विषयगत शाखा प्रमुखहरू, कार्यपालिका सदस्यहरू, इलाका प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलका प्रतिनिधि सहित २५ जनाको सहभागीता रहेको बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक ईश्वर बिकले बताउनुभयो ।

कार्यक्रमको समापन गर्दै उपमेयर चौधरीले मानव बेचबिखन विरुद्धको अभियानमा बाँके युनेस्को क्लबको सक्रियताको प्रशंसा गर्दै सबै सरोकारवालाहरू मिलेर सामूहिक रुपमा अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रमको सञ्चालन महिला तथा बालबालिका शाखाकी शोभा शर्माले गर्नुभएको थियो भने महिला तथा बालबालिका शाखाकी प्रमुख इन्द्रा चुनाराले नगरपालिकाले अहिलेसम्म गरेका प्रमुख उपलब्धिहरूको प्रस्तुतिका साथै सहभागीहरूलाई जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक ईश्वर बिकले सहजीकरण गर्दै मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा स्थानीय सरकारहरूको भूमिका विषयक छलफल चलाउनु भएको थियो । उहाँले मानव बेचबिखन के हो ? किन मानव बेचबिखन हुन्छ ? मानव बेचबिखन र ओसारपसारका कारणहरू, मानव बेचबिखन न्यूनीकरणमा जिम्मेवार निकायहरूको भूमिका, घटना व्यवस्थापनका लागि आवश्यक आधारभूत तत्वहरू, घटना व्यवस्थापनका विशेषता र सिद्धान्तहरू र घटना व्यवस्थापन प्रक्रियाका बारेमा बिस्तृत जानकारी गराउनुभएको थियो ।

बाँके युनेस्को क्लबकी फील्ड सुपरभाइजर सबित्रा भट्टले कार्यक्रमको व्यवस्थापनमा सहयोग गर्नु भएको थियो ।

Next Post

बिद्युतको मनपरीविरुद्ध नेपालगन्ज सत्याग्रह: नागरिक समाजद्वारा नेपाल बिद्युत प्राधिकरणलाई ज्ञापनपत्र

२०८२ जेष्ठ ३०, शुक्रबार १३:३१
सबिता चन्द नेपालगन्ज । नेपालको अत्यधिक गर्मी झेल्ने शहरहरूमध्ये एक, नेपालगञ्जमा गर्मीयाम सुरु हुनासाथ फेरि पनि बिद्युत आपूर्तिको अनियमितता दोहोरिएको भन्दै स्थानीय नागरिक समाजले असन्तुष्टि जनाउँदै नेपाल बिद्युत प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रलाई औपचारिक ज्ञापनपत्र बुझाएको छ। “भ्रष्टाचारविरुद्ध शुद्धिकरण (सत्याग्रह)” शीर्षकमा आयोजित कार्यक्रम बास नेपालको अगुवाइमा सम्पन्न भएको छ, जसमा स्थानीय […]