विकास समितिको पुर्णतासँगै एकहप्ता भित्र भेरीको एमआरआई मेसिन संचालन हुँदै

  ।   २०८० माघ २३, मंगलवार २०:५०

नेपालगन्ज । भेरी अस्पताल विकास समितिले पुर्णता पाएसँगै अस्पतालमा रहेको अत्याधुनिक करिब २४ करोडको एमआरआई ( म्याग्नेटिक रेजोनेन्स इमेजिङ) मेसिन संचालनमा ल्याइने भएको छ । मंगलबार बसेको अस्पताल विकास समितिको बैठकले तत्काल सो मेसिन संचालनमा ल्याउने जनाएको हो ।

अस्पताल विकास समितिका अध्यक्ष विरेन्द्र बहादुर शाहको अध्यक्षतामा बासेको बैठकले सेवाग्राहीलाई मध्यनजर राखी सो मेसिन संचालनमा ल्याउने निर्णय गरेको छ । विशिष्ट क्षमताको म्याग्नेटम भिटा सिष्टमको थ्री टी एमआरआई मेसिन गत साउनको पहिलो हप्ता भेरी अस्पतालमा आइपुगेको थियो । भेरी अस्पतालको तत्कालीन प्रशासनले त्यसका लागि आवश्यक अन्य सामानसमेत आइपुगेको जनाउँदै केही हप्ताभित्रै मेसिन जडान गरी सेवा सुरु गरिने जनाएको थियो ।

मेसिन जडानमा आवश्यक पर्ने सबै कुरा उपलब्ध गराएर भएपनि सो मेसिन जडान गर्ने विकास समितिले निर्णय गरेको अध्यक्ष शाहले बताउनु भयो । विकास समितिले पुर्णता पाएपछि रोकिएका काम पुनः सुरुहुने मेडिकल सुपरिटेन्डेन्ट डा. पवन जंङ रायमाझीले बताउनु भयो ।

न्यूरोसर्जरी, आर्थोस्कोपीलगायत विभिन्न विशिष्टीकृत सेवा सुरु भइसकेको भेरी अस्पतालमा एमआरआई मेसिन सुचारूसँगै सेवाग्राहीले भरपुर सस्तोमा सुविधा पाउने विकास समिति सदस्य डा. डक्ट प्रसाद धितालले बताउनु भयो ।

Next Post

`साली´ पछि आषिशको `लालि´ले चर्चा बटुल्दै

२०८० माघ २३, मंगलवार २०:५०
शान्ति सुनार नेपालगन्ज । आशिष् महरको `साली´ बोलको गीतले दर्शकहरुको अत्यधिक माया पाए सँगै `लाली´ बोलको गीत सार्वजनिक भएको छ । नेपाली भाषा र पश्चिमी भाषालाई समेटेर लेखिएको उक्त `लाली´बोलको गीतमा विशेष गरि आफ्नो प्रेमिकालाई पश्चिमी भाषामा लाली भनेर बोलाउने गरिन्छ । आफ्नो मन मिल्ने साथी सँग वर्षौ पछि परदेश […]