तस्करको गोदाममा भैरहवा भन्सारको छापा

२० लाख भन्दा बढिको कपडा बरामद

  ।   २०८० आश्विन २, मंगलवार २१:५१

नेपालगन्ज  । भैरहवा भन्सार कार्यालय रुपन्देहीले तस्करको घरमा छापामारी ठुलो परिणाममा कपडा र अन्य मालवस्तु बरामद गरेको छ ।

जिल्लाको पुर्व दक्षिण पर्ने रोहिणी गाउँपालिका वडा नम्बर ५ तरकुल्लाहमा रहेको महेन्द्र यादव र इश्वर यादवको घरमा आईतवार छापामारी उक्त परिणामको मालवस्तु बरामद गरेको भैरहवा भन्सार कार्यालय रुपन्देहीले जनाएको छ । भारतवाट भन्सार छली तस्करी मार्फत ल्याएको मालवस्तु लुकाई छिपाई राखिएको छ भन्ने गोप्य सूचनाका आधारमा छापामार्दा ठुलो परिणामा कपडा र अन्य सामान बरामद भएको भैरहवा भन्सार कार्यालयका प्रमुख प्रमुख भन्सार अधिकृत मनिराम पौडेलले बताउनुभयो ।

सुरक्षा निकायको समन्वयमा छापामारी भन्सार कार्यालयले तस्करको गोदामबाट भारतबाट चोरि पैठारी गरि गोदाममा राखेको लेडिज सुट, सारी, जयपुरी सुट, लेडिज टप तथा टपसेट, लेडिज लुङ्गी, महिलाको डे«समा प्रयोग हुने कपडा र लेमिनेशन पेपर बरामद भएको प्रमुख भन्सार अधिकृत पौडेलले बताउनुभयो । पछिल्लो समय भैरहवा भन्सार कार्यालयले आन्तरिक तथा बाह्यरुपमा तस्करी नियन्त्रण र न्यूनिकरणको अभियान शुरु गरेको छ । भन्सार कार्यालयमा प्रमुख भन्सार अधिकृतको जिम्मेवारीमा मनिराम पौडेल आएपछि तस्कर र भन्सार अपराध गर्नेहरुका विरुद्धका भैरहवा भन्सार कार्यालय कठोर बनेको देखिन्छ । पौडेल प्रमुख भन्सार अधिकृत भएसंगै गत बर्ष कपिलवस्तुको चाकरचौडाबाट तस्करको गोदाममा छापामारी २ करोड मुल्य बराबरको सामान बरामद गरेको भैरहवा भन्सार कार्यालय रुपन्देहीको रेर्कडले देखाउछ ।

भैरहवा भन्सार कार्यालयको तथ्याङ्क अनुसार कपिलवस्तुका साथै बुटवलबाट समेत पौडेलको नेतृत्वमा तस्करको घरमा छापामारी भारतबाट तस्करगरि ल्याएको १ करोड ५० लाख मुल्य बराबरको मालबस्तु बरामद भएको हो । भन्सार भित्रबाट समेत मिलोमतोमा हुने तस्करको सेटिङलाई पौडेलले भत्काएको पाईन्छ । कपडा, माछा, व्याजको तस्करी भन्सार भित्रबाट गर्न खोज्नेलाई समेत पौडेलले निर्ममपुर्वक नियन्त्रणमा ल्याई कार्वाही गरेको भैरहवा भन्सार कार्यालयको सुचना शाखाले जनाएको छ ।

भैरहवा भन्सार कार्यालयको प्रमुख भएको १ वर्ष भित्रमा करिब ८ करोड मुल्य भन्दा बढिको तस्करी सामान बरामद गर्नुका साथै पौडेलले १७ जना तस्करलाई थुनामा राखेको भैरहवा भन्सार कार्यालयका सुचना अधिकारी नारायणदत्त जोशीले जानकारी दिनुभयो । यहि अवधीमा फरार ११ जना तस्करलाई भैरहवा भन्सार कार्यालयले पक्राउ पुर्जी जारी समेत गरेको सुचना अधिकारी जोशीले बताउनुभयो ।

आर्थिक बर्ष २०८०÷८१ को साउन र भदौ महिनामा मात्र भैरहवा भन्सार कार्यालयले अवैधरुपमा भारतबाट नेपाल भित्रिएको ५ करोड मुल्य बराबरको सामान बरामद गरेको भैरहवा भन्सार कार्यालय रुपन्देहीले जनाएको छ ।

Next Post

अवधि पत्रकार संघद्वारा तीज कार्यक्रम सम्पन्न

२०८० आश्विन २, मंगलवार २१:५१
नेपालगन्ज । अवधी पत्रकार संघ नेपालले नेपालगन्जका प्रतिनिधी सभा सदस्य लक्ष्मी तिवारीलाई सम्मान गरेको छ । अवधी पत्रकार संघ नेपालले आफ्नो १५औं स्थापना दिवसको अवसरमा एक समारोहका विच संघिय सांसद तिवारीलाई सम्मान गरेको हो । संघका केन्द्रीय सचिव समेत रहनुभएकी सांसद तिवारीले बाँके जिल्लामा रहेर विगत लामो समयदेखि अवधी भाषा, […]